शनिबार, साउन १२, २०८१
03:20 | ०८:०५

नेपाली जनप्रगतिशील मञ्च बेलायतको अध्यक्ष चुनिइन् विमला लिम्बू

नेपाली लिङ्क फ्रेब्रवरी २५, २०२४


लण्डन- नेपाली जनप्रगतिशील मञ्च बेलायतको ५ औं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ।

आइतबार अल्डरसटमा सम्पन्न अधिवेशनले विमला लिम्बूलाई अध्यक्षमा निर्वाचित गरेको छ भने वरिष्ठ उपाध्यक्षमा फूलप्रसाद कंडेल तथा उपाध्यक्षहरुमा अरुण थापा, कपिल श्रेष्ठ र हरि पौडेल निर्वाचित भएका छन्।

महासचिवमा कृष्ण खनाल, सचिवद्वय कपिल राई र हरि अर्याल, कोषाध्यक्ष माया केसी, सह-कोषाध्यक्ष वीर बलाल निर्वाचित भए। 

त्यसैगरी सदस्यहरुमा भिम राई, कृति भट्टराई, बिना लिम्बू, गंगा गुरुङ, जित गिरी, दीपक गुरुङ, खड्गप्रसाद लिम्बू, रचना राई, रुद्रलाल गिरी, कर्ण रावत, विष्णुमाया राई, मनिका राई र ललित परियार चुनिएका मञ्चले जनाएको छ। 


मञ्चका अध्यक्ष मानबहादुर गुरुङको सभापतित्व साथै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं गोरखा भूतपूर्व सैनिक संघ (गेसो) सभापति कृष्णकुमार राईको प्रमुख आतिथ्यमा अधिवेशन भएको थियो।

अधिवेशन उद्घाटन अध्यक्ष गुरुङ, प्रमुख अतिथि राई र विशेष अतिथि मञ्चका युरोप कमिटी कार्यवहाक अध्यक्ष रणबहादुर खाती क्षेत्रीले संयुक्त रुपमा गरेका थिए भने पार्टीको प्रवास कमिटी सदस्य एवम् संस्थाका पूर्व अध्यक्ष सुरेन्द्र नेपाल श्रेष्ठको पनि उपस्थिति थियो।  

मञ्चका सल्लाहकार एवं किरात राई यायोक्खा बेलायत अध्यक्ष योगेश कोयीले बन्द सत्रमा निर्वाचनमण्डलको अध्यक्षता गरेका थिए। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू