शनिबार, साउन १२, २०८१
06:50 | ११:३५

क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज यूके अध्यक्षमा पुन: गुरुङ

नेपाली लिङ्क फ्रेब्रवरी २५, २०२४


लन्डन । क्वोंने (घोताने/घोण्डे) गुरुङ समाज यूकेको अध्यक्षमा पुन: क्या पिताम्बर गुरुङ चयन भएका छन् ।

समाजको २४ फेब्रुअरी शनिबार अल्डरसटस्थित सुसी हलमा आयोजित चौथो महाधिवेशन र वार्षिक साधारणसभाबाट क्या. पिताम्बरको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा राम गुरुङ, महासचिव इन्द्र घोताने, सचिव दिनेश गुरुङ, मिडिया एन्ड प्रवक्ता ताउ गुरुङ, कोषाध्यक्ष देव गुरुङ, सहकोषाध्यक्षको जिम्मेवारी हेमबहादुर गुरुङले पाएका छन् । महासचिव इन्द्र घोताने यसअघिको कार्यसमितिमा पनि महासचिव नै थिए । 

सदस्यहरुमा क्या शेर गुरुङ र तमबहादुर गुरुङ चयन भए ।

यसैबीच, महाधिवेशनबाट चेलीबेटी प्रमुखमा लिना गुरुङ चयन भइन् । उनी पहिला महासचिव थिइन् । ११ सदस्यीय चेलीबेटी समितिमा उपाध्यक्ष पञ्च गुरुङ, महासचिव ध्रुव गुरुङ चयन भएको निर्वाचन मण्डलले जनाएको छ । 

नयाँ कार्यसमिति चयनका लागि प्रमुख संरक्षक क्या जीवनकुमार गुरुङको नेतृत्वमा निर्वाचन मण्डल गठन गरिएको थियो । सदस्यहरुमा लेप्टिनेन्ट चन्द्र गुरुङ र हरिगोविन्द गुरुङ थिए ।


निर्वाचन मण्डलका अध्यक्ष क्या जीवन गुरुङले नयाँ कार्यसमिति घोषणा गरेपछि उनले पद तथा गोपनियताको शपथग्रहण गराएका थिए । अध्यक्ष क्या पिताम्बर गुरुङलगायत नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई खादा, फेटासहित बधाई तथा कार्यकाल सफलताको शुभकामना दिइएको थियो । 

अन्त्यमा नवनिर्वाचित अध्यक्ष गुरुङले निर्वाचन कमिटीलाई धन्यवाद दिँदै नयाँ कार्यकालमा थप राम्रा काम गर्ने प्रतिबद्धता जाहेर गरे ।

महाधिवेशनले क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको विधान संशोधनसहित पारित गरेको छ । संस्थापक सल्लाहकार तथा तमु समाज यूके संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङको नेतृत्वमा विधान संशोधन समिति बनाइएको थियो । 

क्वोंने परिवार केन्द्रका वंशवली लेखन समिति सचिव राम गुरुङ तथा यूके सल्लाहकार, तमु समाज बेलायतका पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङ तथा क्वोंने परिवारका सल्लाहकार, संस्थापक उपाध्यक्ष तथा संस्थापक सल्लाहकार नारदमणि गुरुङ र महासचिव इन्द्र घोताने रहेको उक्त समितिले पुनर्लेखन गरेको हलमा पढेर सुनाइएको थियो ।


विधानमा पहिले चेलीबेटीको अध्यक्ष र उपाध्यक्ष मात्र रहने व्यवस्था थियो । जसलाई क्वोंने परिवारको उपसमितिको रुपमा ११ सदस्यीय नै बनाउने र चेलीबेटी समितिमा निर्वाचितले गर्ने काम, कर्तव्य, अधिकारका विषय थप गरिएको विधान संशोधन समितिका संयोजक चित्रबहादुर गुरुङले जानकारी दिए ।  

शनिबार नै महाधिवेशनअघि क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाका क्रममा संस्थाको आजीवन सदस्यका लागि नयाँ ब्याच र टाइ वितरण गरियो । 

संस्थापक संरक्षक क्या. जीवन गुरुङले अध्यक्ष क्या पिताम्बर र संस्थापक सल्लाहकार चित्रबहादुर गुरुङलाई ब्याच लगाएर सुरुवात गरेका थिए । 

उक्त ब्याच निर्माणको जिम्मा पनि संस्थापकस्थापक सल्लाहकार चित्रबहादुरले लिएका थिए । ब्याच निर्माणका विषयमा चित्रबहादुर गुरुङले जानकारी गराएका थिए ।

भाइखलक र चेलीबेटीलाई फरक-फरक व्याचको व्यवस्था गरिएको थियो । सन् २०१५ देखि नै ब्याच बनाउने प्लानले अहिले आएर पूर्णता पाएको अध्यक्ष क्या पिताम्बर गुरुङले बताए ।

यस्तै नवनिर्वाचित कार्यसितिले संयोजक संरक्षक क्या जीवन गुरुङलाई प्रमुख संरक्षकमा नियुक्त गरेको छ । यस्तै वरिष्ठ सल्लाहकार रहेका हरिगोविन्द गुरुङ पनि प्रमुख सल्लाहकार मनोनीत गरिएको छ ।

साधारणसभामा अध्यक्ष क्या गुरुङले तीन वर्षे कार्यकालमा भएको गतिविधि र भावी योजना, महासचिव इन्द्र घोतानेले संगठनात्मक प्रतिवेदन र कोषाध्यक्ष जगदीश गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभामा प्रमुख संरक्षक क्या जीवन गुरुङ, प्रमुख सल्लाहकार हरिगोविन्द गुरुङ, संरक्षक लेफ्टिनेन्ट चन्द्रबहादुर गुरुङ र संस्थापक सल्लाहकार चित्रबहादुर गुरुङलाई सम्मान गरिएको थियो । 

क्या जीवन र हरिगोविन्दलाई नयाँ जिम्मेवारी पाएकोमा र लेफ्टिनेन्ट चन्द्रलाई एनआरएनए आइसीसी सदस्य तथा संस्थापक संल्लाहकार चित्रबहादुरलाई आजीवन सदस्यको ब्याच निर्माण, विधान संशोधनलगायतका कार्य सम्पन्न गरेकोमा फेटा, खादा लगाएर क्वोंने परिवारका अध्यक्ष क्या पिताम्बर र चेलीबेटीहरुले सम्मान गरेका थिए ।

महासचिव घोतानेले सञ्चालन गरेको साधारणसभा अध्यक्ष क्या पिताम्बर गुरुङको अध्यक्षतामा भएको थियो ।

साधारणसभाको अन्त्यमा अध्यक्ष क्या पिताम्बरले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कार्यकाल सकिएको घोषणा गरेका थिए । महाधिवेशन र साधारणसभामा भाइखलक र चेलीबेटीहरुको उल्लेख्य उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू