बिहीबार, वैशाख २०, २०८१
11:02 | १५:४७

बेलायत पठाउंछु भनेर ७६ लाख ठगेको आरोपमा केसी पक्राउ

नेपाली लिङ्क फ्रेब्रवरी २३, २०२४

काठमाडौँ । अचेल विदेश पठाइदिने बहानामा ठगीका घट्ना दिनप्रतिदिन बढेका छन् । यस्तै घट्ना अर्को पनि थपिएको छ ।

बेलायत पठाउने ‘सपना’ देखाएर ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ्गको बडिगाड गाउँपालिका–९ घर भएका युद्ध बहादुर केसी उर्फ पाण्डप छन् ।

३६ वर्षीय युद्ध बहादुरले ३ जनाबाट ७६ लाख ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रवीन्द्र रेग्मीले बताए ।

काठमाडौँ महानगरपालिका–२८ स्थित बागबजार बस्ने युद्ध बहादुरले वैदेशिक रोजगारीमा बेलायत पठाउँछु र त्यहाँ पुगेपछि ‘केयर गिभर’मा १० लाख ५० हजार रुपैयाँ तलब आउने आश्वासन दिएका थिए ।

प्रतिव्यक्ति २६ लाख लाग्छ भनेर ३ जनासँग ७६ लाख लिएपछि उनी सम्पर्कविहीन भएका थिए । आरोपीलाई कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको एसपी रेग्मीले जानकारी दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू