बिहीबार, वैशाख २०, २०८१
04:21 | ०९:०६

काठमाडौं प्रसूति गृहबाट नवजात शिशु चोरी

नेपाली लिङ्क फ्रेब्रवरी २३, २०२४

काठमाडौं-काठमाडौं थापाथलीस्थित प्रसूति गृहबाट एक नवजात शिशु चोरी भएको छ। 

आफ्नो नवजात शिशु चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको छ।

काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले शुक्रबार दिउँसो १२ बजे बच्चा चोरी भएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए।

प्रहरीका अनुसार २६ दिनको नवजात छोरी हेरिदिने भन्दै एक महिलाले लिएर भागेको उजुरीमा उल्लेख छ।

आमा-बच्चाको ‘फलो अप’ चेक अपका लागि प्रसूति गृह आएका बेला बच्चा चोरी भएको जनाइएको छ।

‘सीसीटीभी फुटेजमा एक महिलाले बच्चा लिएर गएको देखिन्छ । हामी खोजी गरिरहेका छौँ’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू