मंगलबार, वैशाख २५, २०८१
21:59 | ०२:४४

लन्डन बेक्सलीको बेस क्याम्पमा शनिबार ‘यशकुमार लाइभ शो’

नेपाली लिङ्क फ्रेब्रवरी २२, २०२४

लन्डन- बेलायत भ्रमणमा आएका लोकप्रिय गायक यशकुमारले लन्डन बेक्सलीहिथस्थित बेस क्याम्प रेष्टुरेन्टमा सांगीतिक प्रस्तुति गर्ने भएका छन्।

यही शनिबार फेब्रुअरी २४ साँझ बेस क्याम्पमा यशकुमारको एकल सांगीतिक लाइभ शो हुन लागेको हो।

रेष्टुरेन्ट सञ्चालक वासु शर्माले बेलुका ७ बजेदेखि मध्यरातसम्म ‘यशकुमार लाइभ शो’ र त्यसपछि राती १ बजेसम्म ‘आफ्टर पार्टी’ तय भएको जानकारी दिए।

नेपाली संगीत क्षेत्रका ख्यातिप्राप्त कलाकारको प्रस्तुतिमा हुन लागेको कार्यक्रममा उपस्थितिका लागि साउथ इष्ट लन्डनवासी सबै नेपालीमा आग्रह गरिएको छ। 

कार्यक्रममा यशकुमारका कर्णप्रिय गीतहरुसंगै बेस क्याम्प रेष्टुरेन्टका स्वादिष्ट परिकारहरुको आनन्द लिने अवसर पनि मिल्नेछ। सो अवसरमा नेपाली ग्राहकलाई मन पर्ने खालको ‘नेपाली स्ट्रिट फुड मेन्यू’ उपलब्ध गराइने जनाइएको छ।

कार्यक्रममा प्रवेश शुल्क १० पाउन्ड राखिएको छ। 

त्यस्तै, २ सय ५० पाउन्ड प्रति टेबलको शुल्कमा विशेष सुविधासहित ५ वटा भिआइपी टेबल रहनेछन्। जसमा ‘स्पेसल पेय पदार्थ’ र खानाका परिकारहरुसहित गायक यशकुमारसँग अन्तरंग भेटघाटको सुविधा पनि मिलाइनेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू