अप्रिल ७ मा प्लमस्टिडमा आरजीएनएसको नेपाली नयाँ वर्ष कार्यक्रम


लन्डन-साउथ इष्ट लन्डनवासी नेपालीहरुको संस्था ‘रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी’ (आरजीएनएस) ले नेपाली नयाँ वर्ष शुभकामना कार्यक्रम गर्ने भएको छ।
आउंदो अप्रिल ७ तारिख आइतबार प्लमस्टिडस्थित एशिएन कम्युनिटी सेन्टरमा कार्यक्रम हुने भएको हो।
साँझ ५ देखि राती ११ बजेसम्म सञ्चालन हुने कार्यक्रममा विविध सांस्कृतिक एवम् मनोरञ्जनात्मक प्रस्तुतिहरु गरिनेछन्। सो अवसरमा स्थानीय कलाकारका गीत, नृत्य तथा डिजे डान्सबाट मनोरन्जन गराइनेछ।
कार्यक्रमको संयोजन संस्थाका उपाध्यक्षद्वय सुरोज मास्के र मञ्जु भण्डारीले गर्ने भएका छन्।
आयोजक आरजीएनएस अध्यक्ष पुण्य रेग्मीले नेपाली नयाँ वर्षको शुभ अवसरमा स्थानीय नेपालीहरुबीच सुखद जमघट र शुभकामना आदानप्रदान गर्नु कार्यक्रमको मुख्य उद्धेश्य रहेको बताए।
कार्यक्रममा स्थानीय अन्य नेपाली संघ संस्थाको पनि सहकार्य र करिब पाँच सय जनाको सहभागिता रहने आयोजकले बताएका छन्।
कार्यक्रममा सहभागी हुन प्रवेश शुल्क १० पाउन्ड लाग्नेछ जसमा डिनर पनि समावेश हुनेछ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५