शनिबार, कार्तिक १०, २०८१
15:53 | २०:३८

बेलायती रक्षा मन्त्रालयमा गोर्खा मुद्धामा त्रिपक्षीय वार्ता हुँदै

नेपाली लिङ्क फ्रेब्रवरी २१, २०२४

लन्डनस्थित बेलायती रक्षा मन्त्रालय

लन्डन- भूतपूर्व गोर्खाहरुको मुद्धामा अर्को चरणको त्रिपक्षीय वार्ता बुधबार दिउंसो हुँदैछ।

लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा दिउंसो साढे तीन बजे वार्ता शुरु हुनेछ। बेलायत सरकार, नेपाल सरकार र भूतपूर्व गोर्खाका प्रतिनिधिसमेतको सहभागिता रहने वार्ता करिब दुई घण्टा लामो हुनेछ।  

जारी त्रिपक्षीय गोर्खा वार्ताअन्तर्गत बुधबार हुंदै गरेको वार्ता वर्किङ कमिटी स्तरको हो। जसमा बेलायतबाट रक्षा र गृह मन्त्रालयका अधिकारी तथा नेपालको तर्फबाट दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र सैन्य सहचारी अनुप शाहले भाग लिनेछन्। 

त्यस्तै, भूतपूर्व गोर्खाका तर्फबाट नेगोसिएटर मेजर जुदबहादुर गुरुङ, अनसनकर्ता पुष्पा राणा घले र मेजर उदयबहादुर गुरुङले प्रतिनिधित्व गर्नेछन्।

यो वार्तामा समान पेन्सनकै मुद्धालाई प्राथमिक एजेन्डा बनाउने गोर्खाहरुले बताएका छन्। अघिल्लो वार्तामा वेल्फेयर, इमिग्रेसनलगायत मुद्धामै समय सकिएको भन्दै उनीहरुले यसपटक शुरुमै आफ्नो प्रमुख मागका रुपमा रहेको पेन्सनबारे छलफल गर्ने जनाएका छन्।  

जारी त्रिपक्षीय  वार्ताअन्तर्गत आगामी मार्च २७ मा भने मन्त्रीस्तरमा वार्ता हुने तयारी छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू