शनिबार, वैशाख १५, २०८१
11:54 | १६:३९

डा. भण्डारीले ल्याए म्यूजिक भिडियो ‘कसरी भनुँ म’

नेपाली लिङ्क फ्रेब्रवरी १७, २०२४

लन्डन । त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरू गर्न नेतृत्त्वदायी भूमिका खेलेका प्राध्यापक डा. रमेशसिंह भण्डारीले आफ्नै सृजना र स्वरमा रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । ‘कसरी भनुँ म’ बोलको गीतमा भण्डारीले स्वयं कम्पोजिशन गरेका हुन् । यसअघि पनि उनका ‘तिम्रो नै माया लाग्छ नि’, ‘किन होला’, ‘मायालु भाका’ लगायत गीत सार्वजनिक भइसकेका छन् ।

उक्त गीतको म्यूजिक भिडियोमा प्रदीप जोशीको एरेन्ज र अनिल कुमार मानन्धरको निर्देशन छ । चिकित्सा पेसासँगै गीत संगीतमा रमाउन चाहने डा. भण्डारी गीत संगीतको अभ्यासमा रमाउनुलाई आफूले  ‘मेडिटेसन’ को रुपमा लिने लिने गरेको बताउँछन् । उनले आफ्नै युट्युब च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

डा. भण्डारीकै पहलमा १० जना बिरामीको सफल कलेजो प्रत्यारोपण भइसकेको छ। उनी भन्छन्,’स्वदेशमा बसेर बिरामीको सेवा गर्न पाउँदाको खुसी यहाँबाहेक अन्यत्र पाउँदिनँ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू