बिहीबार, वैशाख २०, २०८१
09:12 | १३:५७

इन्द्रेणी सञ्चालक कंडेल र कलाकारको विवाद अदालतमा

नेपाली लिङ्क फ्रेब्रवरी १६, २०२४

फाइल तस्विर: इन्द्रेणी सञ्चालक कृष्ण कँडेलले शर्मिला श्रेष्ठसहितका कलाकारहरुविरुद्ध गाली बेइज्जतीको मुद्धा दर्ता गराएका छन्

काठमाडौँ-  बहुचर्चित कार्यक्रम ‘इन्द्रेणी’ का सञ्चालक कृष्ण कँडेल र कलाकारहरुबीचको विवाद अब अदालतसम्म पुगेको छ। 

कंडेलले आफूमाथि विभिन्न आरोप लगाउँदै पत्रकार सम्मेलन गर्ने कलाकारहरुविरुद्ध गाली बेइज्जतीको मुद्धा दर्ता गराएका छन्।  

कंडेलले सामाजिक सञ्जाल तथा पत्रकार सम्मेलनको माध्यमबाट कंडेलमाथि आरोप लगाएका कलाकारविरुद्ध शुक्रबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गराएका हुन्। 

मुद्धामा कंडेलले ‘विद्रोह’ मा उत्रिएका कलाकारहरु शर्मिला श्रेष्ठ, जीवन टण्डन, कविता लामा, पूर्ण प्रसाद कँडेल, खगेन्द्र विक र लक्ष्मी प्रसाद घिमिरेलाई विपक्षी बनाएका छन्। 

सामाजिक सञ्जाल तथा मिडियाको दुरुपयोग गरी आफ्नो र आफूले सञ्चालन गर्दै आएको इन्द्रेणी सांस्कृतिक समाज केन्द्र तथा संस्थामा आबद्ध कर्मचारी र कलाकारहरूका विरुद्धमा आरोप लगाएको भन्दै कँडेल अदालत पुगेका हुन्।

‘विपक्षीहरूले मेरो मान प्रतिष्ठा, इज्जत तथा संस्थाको गरिमामाथि धक्का पुग्ने किसिमले मेरो, इन्द्रेणी तथा सो संस्थामा आबद्ध अन्य महिला कलाकार तथा कर्मचारीहरूको बेइज्जती गरेको हुँदा मुलुकी फौजदारी संहिता २०७४ को दफा ३०७ (२) अनुसार विपक्षीहरूले गरेको बेइज्यतिको गम्भीरता, मेरो प्रतिष्ठामा पर्न गएको असर र मलाई मेरो बेइज्जती गर्ने दूषित उद्देश्यका साथ गैर कानुनी तवरबाट विभिन्न सामाजिक सञ्जालमा लाइभ बस्ने, कथित रूपमा पत्रकार सम्मेलन गर्ने तथा विभिन्न अनलाइन सञ्चार माध्यममा समेत सार्वजनिक गरेको हुँदा विपक्षीहरुबाट उचित क्षतिपूर्ति दिलाई उक्त क्षतिपूर्ति रकम असहाय तथा दुःखी पीडितले प्राप्त गर्ने गरी नेपाल सरकारअन्तर्गत रहेको पीडित राहत कोषमा पठाई पाउँ’, मुद्धामा कंडेलले उल्लेख गरेका छन्।

यसअघि कंडेलले कामबाट अन्यायपूर्ण तवरले निकालेको, महिला कलाकारमाथि यौन दुर्व्यहारको प्रयास गरेको, संस्थाको आर्थिक पारदर्शिता कायम नगरेको जस्ता गम्भीर आरोप लगाउँदै आधा दर्जन कलाकारले फेसबुक लाइभ र पत्रकार सम्मेलन गरेका थिए।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू