सोमबार, वैशाख १७, २०८१
05:05 | ०९:५०

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो यू-१९ क्रिकेट विश्वकप

नेपाली लिङ्क फ्रेब्रवरी ११, २०२४

लन्डन- उपाधि दाबेदार साविक विजेता भारतलाई पराजित गर्दै अष्ट्रेलियाले चौँथोपटक आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता जितेको छ।

आइतबार दक्षिण अफ्रिकामा भएको फाइनल भिडन्तमा पाँच पटकको च्याम्पियन भारतलाई ७९ रनले पराजित गर्दै अष्ट्रेलिया चौथो पटक च्याम्पियन बनेको हो।

अष्ट्रेलियाले पछिल्लो पटक सन् २०१० मा उपाधि जितेको थियो। त्यसअघि अस्ट्रेलियाले सन् १९८८ को पहिलो संस्करण र २००२ मा उपाधि जितेको थियो।

फाइनलमा अष्ट्रेलियाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १ सय ७४ रनमा अलआउट भयो। त्यसअघि दक्षिण अफ्रिकाको बेनोनीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ७ विकेटको क्षतिमा २५३ रन जोड्यो।

तीन महिनाअघि सम्पन्न विश्वकप क्रिकेटमा पनि फाइनलमा भारतलाई हराउँदै अष्ट्रेलिया च्याम्पियन बनेको थियो।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू