मंगलबार, १९ मे, २०२६
19:45 | ००:३०

घुससहित पक्राउ परेका उपसचिव दोषी ठहर

नेपाली लिङ्क फ्रेब्रवरी २, २०२४

फाइल तस्विर: गत वर्ष घुससहित पक्राउ पर्दै गरेका उपसचिव नेपाल

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतले उनलाई एक वर्ष कैद र ६ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उपसचिव नेपाललाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।

यही प्रकरणमा पक्राउ परेका हरिभक्त श्रेष्ठलाई भने अदालतले सफाइ दिएको उनले जनाए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साउनमा काठमाडौंबाट नेपाल र श्रेष्ठलाई पक्राउ गरेको थियो । 

घुसबापत सेवाग्राहीबाट बुझेको ६ लाख र आफू चढेको गाडीमा थप साढे १६ लाखसहित अख्तियारले उपसचिव नेपाललाई पक्राउ गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू