मंगलबार, वैशाख २५, २०८१
20:02 | ००:४७

लन्डन वुल्लीचमा प्रदर्शन हुँदै निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’

नेपाली लिङ्क जनवरी २८, २०२४

लन्डन । यस वर्षकै सफल र रुचाइएकोमध्ये एक नेपाली चलचित्र ’दिमाग खराब’ साउथ इष्ट लन्डनमा पनि प्रदर्शन हुने भएको छ।

आगामी फेव्रुअरी ४ तारिख आइतबार साँझ वुल्लीचको ट्रामसेड थिएटरमा चलचित्र प्रदर्शन हुन लागेको हो।

नेपाली कलाकारका विभिन्न इभेन्ट गर्दै आएको सनराइज् इभेन्ट्सले वुल्लीचमा ‘दिमाग खराब’ देखाउन लागेको हो।

सनराइज् इभेन्ट्सका प्रकाश कंडेलका अनुसार चलचित्र हेर्न १५ पाउन्डको टिकट लाग्नेछ।

चर्चित निर्देशक निश्चल बस्नेतले निर्देशन गरेको ‘दिमाग खराब’ हालै नेपालमा प्रदर्शन भएर व्यवसायिक सफलता कमाएको चलचित्र हो।

चलचित्रमा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, बिजय बराल, सुमन कार्कीजस्ता चर्चित कलाकारले अभिनय गरेका छन्।  

चलचित्रका निर्माता रौनकविक्रम कडेल र कार्यकारी निर्माता सुरज बम ठकुरी हुन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू