शनिबार, कार्तिक १०, २०८१
15:52 | २०:३७

संसदका दुवै सदनको अधिवेशन माघ २२ मा

रासस जनवरी २४, २०२४

राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर सौजन्य- राष्ट्रपतिको कार्यालय

काठमाडौँ, माघ १० – राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते सोमबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त दिन ४ बजे सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्ले सदनको बैठकका निम्ति यही माघ ९ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू