बिहीबार, वैशाख २०, २०८१
19:33 | ००:१८

लन्डनका मनि तामाङले ल्याए म्यूजिक भिडियो ‘जाउँ हिड लन्डन’

नेपाली लिङ्क जनवरी २१, २०२४

लन्डन । बेलायतलाई कर्मथलो बनाउंदै आएका मनि तामाङको अभिनयमा नयाँ म्यूजिक भिडियो ‘जाउँ हिंड लन्डन’ सार्वजनिक भएको छ । तामाङ जातीको महान पर्व सोनाम ल्होछारको अवसर पारेर तामाङ (खान्दोके ) सेलोमा रहेको उक्त भिडियो सार्वजनिक भएको हो । आसमान लोप्चनको शब्द संगीत र आवाज रहेको यस गीतको आवाजमा उनलाई रोशना लुङ्बाले साथ दिएकी छन् ।

म्यूजिक भिडियोमा मनि तामाङको साथमा सुस्मा मोक्तान, आसमान मोक्तान, अतिथी कलाकारको रुपमा उनकै धर्मपत्नी कला तामाङ, संदेश तामाङ लगायतको अभिनय छ ।

बेलायतको स्वास्थ्य सेवा एनएचएसमा कार्यरत तामाङको यो पहिलो ‘डेब्यू’ म्यूजिक भिडियो हो । गाउँघरमा लाहुरेप्रतिको मोह र मायापिरतिको विषयलाई समेटेर गाउँ पुगेका लाहुरेको भूमिकामा उनको अभिनय केन्द्रित  छ ।

आफूलाई अभिनयमा रुची भएका कारण आफ्नो सोख पूरा गर्न म्यूजिक भिडियोमा खेलेको र निकट भविष्यमा पनि यसलाई निरन्तरता दिने तामाङले बताए । तामाङ सोसाइटी यूकेका महासचिव समेत रहेका तामाङ सामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् ।

बुद्ध लामा तितुङको निर्देशनमा तयार यस म्यूजिक भिडियोमा बाबु सेन्चुरीको निर्देशन तथा त्रिलोक लामाको छायांकन तथा सम्पादन छ ।

म्यूजिक भिडियो ‘जाउँ हिड लन्डन’-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू