शनिबार, कार्तिक १०, २०८१
15:52 | २०:३७

नर्दन आयरल्यान्डबाट पठाइयो भूकम्पपीडितलाई सहयोग

नेपाली लिङ्क जनवरी १०, २०२४

लन्डन- हालैको जाजरकोट भूकम्पका पीडितहरुलाई नर्दन आयरल्यान्डमा बसोबास गर्ने नेपालीले पनि सहयोग गरेका छन्।

एनआरएनए नर्दन आयरल्यान्ड र नेप्लिज कम्युनिटी अफ नर्दन आयरल्यान्डको संयुक्त पहलमा संकलित १ लाख १७ हजार ४ सय ७० रुपैंया सहयोग पठाइएको हो।

सहयोग रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा  गरिएको एनआरएनए नर्दन आयरल्यान्डका अध्यक्ष बल थापाले जानकारी दिए। 

सहयोग गरिएकोमध्ये केही रकम केही महिनाअघि सम्पन्न लक्ष्मीपूजा र नवरात्रीपूजासहितका धार्मिक कार्यक्रमबाट जम्मा भएको थियो भने बांकी रकम स्थानीय नेपालीहरुबाट संकलन गरिएको हो।  

एनआरएनए नर्दन आयरल्यान्ड अध्यक्ष बल थापा र नेप्लिज कम्युनिटी अफ नर्दन आयरल्यान्ड अध्यक्ष पूर्णेश्वर कंडेलले सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गरेका छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू