शनिबार, कार्तिक १०, २०८१
15:52 | २०:३७

बेलायतका निष्क्रिय पत्रकारलाई महासंघको सदस्यता त्याग्न अपिल

नेपाली लिङ्क जनवरी ९, २०२४

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले पत्रकारितामा निष्क्रिय शाखाका सदस्यहरुलाई स्वेच्छिक रुपमा सदस्यता त्याग गर्न अपिल गरेको छ ।

शाखाका महासचिव नरेन्द्र बस्नेतले सोमबार एक वक्तव्य जारी गर्दै महासंघको केन्द्रीय समितिको निर्णयअनुसार जारी शुद्धिकरण अभियानअन्तर्गत स्वेच्छिक सदस्यता त्यागको लागि अपिल गरेका हुन्।

पत्रकारितामा नरहेका तर महासंघको सदस्यता कायम भएका सबैमा स्वेच्छिक रूपमा अबिलम्ब सदस्यता त्याग गर्न अपिल गरिएको छ । अन्यथा केन्द्रले तयार पारेको सदस्यता शुद्धीकरण मापदण्डअनुसार आवश्यक परामर्शपछि अन्तिम रुप दिई कडाईका साथ लागू गरिने र त्यसक्रममा बिभिन्न कारणले हाल पत्रकारितामा नरहेका तर महासंघको सदस्य कायम रहेकाहरूले स्वेच्छिक रूपमा सदस्यता त्याग गरेको नपाइए प्रकृयागत रूपमै सदस्यताको सूचीबाट हटाइनेतर्फ सचेत गराइएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न साधारणसभाबाट गठित सदस्यता शुद्धीकरण समितिको बैठकहरूबाट “सदस्यता शुद्धीकरण अभियान २०७९” थालनी गर्ने निर्णय भए बमोजिम महासंघका सम्पूर्ण सदस्यहरू र सबै शाखाहरू, एसोसियट संस्थाहरू र वैदेशिक शाखाहरूलाई शुद्धीकरण अभियानमा साथ दिन केन्द्रले आह्वान गरेको थियो ।

समितिले महासंघमा आवद्ध सबै सदस्यहरूको अद्यावधिक विवरण संकलन गरी छानबिन गरेरमात्रै सदस्यता नवीकरण, स्थानान्तरण र नयाँ सदस्यता प्रक्रिया अगाडि बढाउने नीति तय गरेको छ ।  

स्मरण रहोस् नेपाल पत्रकार महासंघ बेलायत शाखामा हाल ४३ सदस्य छन् । यसअघि झण्डै एकसय सदस्य पुगेकोमा शाखा आफैले शुद्धीकरण अभियान चलाएर सदस्यता संख्या आधाभन्दा कम गराएको थियो ।

नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरणसम्बन्धि अपिल

नेपाल पत्रकार महासंघ बेलायत शाखा

मिति ८  डिसेम्बर २०२३

नेपाल पत्रकार महासंघको २०७९ पुस ८ र ९ गते कर्णीली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाबाट महासंघका महासचिव रोसन पुरीको संयोजकत्वमा ‘सदस्यता शुद्धीकरण समितिद्वारा निम्नअनुसार गर्ने निर्णय गरेअनुसार महासंघको बेलायत शाखामाआवद्ध सबैमा यो अपिल गरिन्छ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न साधारणसभाबाट गठित सदस्यता शुद्धीकरण समितिले साधारणसभाबाट प्राप्त कार्यादेशबमोजिम कार्य अगाडि बढाएको छ ।

समितिको बैठकहरूबाट ‘सदस्यता शुद्धीकरण अभियान २०७९’ थालनी गर्ने निर्णय भएबमोजिम महासंघका सम्पूर्ण सदस्यहरू र सबै शाखाहरूलगायत वैदेशिक शाखाहरूलाई शुद्धीकरण अभियानमा साथ दिन आह्वान गरिएको छ ।

समितिले महासंघमा आवद्ध सबै सदस्यहरूको अद्यावधिक विवरण संकलन गरी छानबिन गरेरमात्रै सदस्यता नवीकरण, स्थानान्तरण र नयाँ सदस्यताको प्रक्रियालाई अगाडि बढाउने नीति तय गरेको हुँदा पत्रकारितामा नरहेका तर महासंघको सदस्यता कायम भएका सबैमा स्वेच्छिक रूपमा अबिलम्ब सदस्यता त्याग गर्न अपिल गरिन्छ।

अन्यथा केन्द्रले तयार पारेको सदस्यता शुद्धीकरण मापदण्डअनुसार आवश्यक परामर्शपछि अन्तिम रुप दिई कडाईका साथ लागू गरिने र त्यसक्रममा बिभिन्न कारणले हाल पत्रकारितामा नरहेका तर महासंघको सदस्य कायम रहेकाहरूले स्वेच्छिक रूपमा सदस्यता त्याग गरेको नपाइए प्रकृयागत रूपमै केन्द्रको मापदण्डअनुसार सदस्यताको सूचीबाट हटाइनेतर्फ सचेत गराइन्छ ।

नरेन्द्र बस्नेत
महासचिव, नेपाल पत्रकार महासंघ, बेलायत

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू