आइतबार, वैशाख ३०, २०८१
16:28 | २१:१३

तमु समाज यूकेको ग्रह शान्ति तथा शुद्धीकरण पूजा

नेपाली लिङ्क जनवरी ३, २०२४

लन्डन । तमु समाज यूकेले ३० डिसेम्बर शनिबार (पौष १४) तमुहरुको महान पर्व ल्होछारको अवसरमा बरहाम पार्क वेम्बली लन्डनस्थित समाजको आफ्नै भवनमा ग्रह शान्ति तथा शुद्धीकरण पूजा भएको हो ।

तमुहरुले बिरालो वर्गलाई विदाई र गिद्ध वर्गलाई स्वागत गर्दै ल्होछार/ल्होसार मनाइरहेका छन् ।

बिहान ११ बजे शुभारम्भ भई दिउँसो ३ः३० बजे समापन भएको उक्त कार्यक्रममा समाजका कार्यसमितिका पदाधिकारी, सल्लाहकार, आजीवन सदस्य लगायत समाजका जेष्ठ नागरिकदेखि युवा तथा बालबलिकाको उत्साहजनक उपस्थिति थियो।

समाजका सक्रिय सदस्य हरिमान गुरुङको संयोजकत्वमा आयोजना गरिएको उक्त ग्रह शान्ति तथा शुद्धीकरण पूजा सुरु हुनु भन्दा पहिले समाजका महासचिव धरमबल गुरुङले श्रद्धेय गुरुहरुको परिचय गराएका थिए । त्यस पश्चात संस्थाका अध्यक्ष शिव कुमार गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र आमा समूहकी अध्यक्ष श्रीमति उमा देवी गुरुङद्वारा संयुक्त रुपमा द्वीप प्रज्वलन र छ्योक अर्पणगरि पूजा कार्यक्रम आरम्भ गरिएको थियो ।

पूजा कार्यक्रमको निर्देशन र रेखदेख समाजका महासचिव धरमबल गुरुङ र धार्मिक संयोजक हरिमान गुरुङले गरेका थिए । नेपालबाट आएका रुम्जाटार गुम्बाका मूल लामा गुरु श्रद्धेय खेन्पो श्यामबहादुर गुरुङ र खोटाङ गुम्बाका मुल गुरुङ श्रद्धेय लामा गुरु गणेश गुरुङद्वारा ग्रहशान्ति तथा शुद्धीकरण पूजा भएको थियो । खेन्पो गुरु श्याम बहादुर गुरुङले ग्रहशान्ति र शुद्धीकरण पूजाबारे प्रवचन दिएका थिए । उनी हाल यूकेको वुद्धिष्ट गुम्बा रेडिङमा अस्थायीरुपमा कार्यरत छन् ।

पूजा समापनको अवसरमा संस्थाका कोषाध्यक्ष खेम बहादुर गुरुङले भोजन दान र पैसा दान गनेृ दाताहरुको नामावली वाचन गरेका थिए । यसै गरि संस्थाका अध्यक्ष शिवकुमार गुरुङले पूजा कार्यक्रम विधिपूर्वक सम्पन्न गरिदिएकामा धर्म गुरुहरु, पूजा संयोजक हरिमान गुरुङ, दाता एवं सहभागी सबैप्रति आभार ब्यक्त गरे ।

पूजा कार्यक्रम दुई चरणमा भएको थियो । पहिलो चरणको पूजा अन्तर्गत बिहान ८ः३० देखि १० बजेसम्म स्वर्गीय खुशीमान गुरुङ स्वर्गारोहण भएको तीन वर्ष पुगेको पूण्यतिथिको दीप प्रज्वलन गरियो भने दोस्रो चरण ११ बजेदेखि ३ः३० सम्म गरिएको थियो जसमा समाजका सदस्यहरु सामूहिक रुपमा ग्रहशान्ति पूजामा सहभागी भए ।

सो अवसरमा स्वर्गीय खुशीमान गुरुङको स्मृतिमा उनकी श्रीमति पन्जा कुमारी गुरुङ, छोरा सुदन गुरुङ, दिदी इच्छा कुमारी गुरुङ, बहिनीहरु श्रीमति पुष्पा गुरुङ र उमा देवी गुरुङले भोजन दान र द्रब्य दान गरेका थिए ।

पूजाको अन्तमा महासचिव धरम बल गुरुङले तमु समाज यूकेले यही जनवरी ६ तारिख शनिबारह्यारो लेजर सेन्टरमा हर्षोल्लास साथ तमु ल्होछार÷ल्होसार उत्सव मनाउन लागेको जानकारी दिंदै सबैलाई उपस्थित भइदिन अनुरोध गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू