शनिबार, वैशाख २२, २०८१
14:19 | १९:०४

आशा लिम्बूको ‘अकल्पित मोडहरु’ बजारमा

नेपाली लिङ्क जनवरी १, २०२४
लण्डन–धरान निवासी कवि तथा उपन्यासकार आशा लिम्बूको उपन्यास ‘अकल्पित मोडहरु’ भर्खरै बजारमा आएको छ ।

धरानको परिवेशमा लेखिएको यस यथार्थवादी उपन्यासमा मानिसका जीवनमा आउने विभिन्न अकल्पित मोडहरूको सम्भावना र यथार्थलाई सङ्केत गरेको छ । मानिसको जीवनमा कल्पना नै गर्न नकिने  विभिन्न मोडहरू आइरहेका हुन्छन् भन्ने दृष्टान्त यस उपन्यासमा पाइन्छ ।
मिठो भाषा र शैलीमा लेखिएको यस उपन्यासमा प्रेम र विछोडको मार्मिक कथा छ । एउटा प्रेमिल संसारमा हुने यथार्थ र द्वन्द्वपूर्ण परिवेशको जीवन्त प्रस्तुति गर्न अकल्पित मोडहरु उपन्यास सफल भएको छ ।
वि.सं. २०३५ सालदेखि साहित्य लेखनमा सक्रिय स्रष्टा आशा लिम्बूको यस अघि ‘आशाका रङहरु’ कवितासङ्ग्रह र ‘मुक्त आशा’ मुक्तकसङ्ग्रह प्रकाशित भएका छन् ।
समकालीन साहित्य प्रतिष्ठान बेलायतबाट प्रकाशित ‘अकल्पित मोडहरु’ नेपालभर बजारमा उपलब्ध छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू