शुक्रबार, वैशाख २१, २०८१
13:58 | १८:४३

बेलायतका एनआरएनए अभियन्ता दम्पत्ति सम्मानित

नेपाली लिङ्क जनवरी १, २०२४

लण्डन। किरात राई यायोख्या यूकेले एनआरएनएका केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राई र उनका पति एनआरएनए आइसीसी सल्लाहकार हिराधन राईलाई बेलायतमा सम्मान गरेको छ ।  

एनआरएनएका केन्द्रीय उपाध्यक्ष र इन्सवर्थ प्यारिस काउन्सिलर निर्वाचित भएकोमा रोजिनालाई र हालै सल्लाहकार मनोनित भएकोमा हिराधनलाई एक साथ सम्मान गरिएको हो ।    

किरात राई हाउस ग्याम्बल्स लेन वकिङमा आयोजना गरिएको उधौली उत्सवमा बेलायतका समाजसेवी दम्पत्ति सम्मानित भएका थिए । उक्त अवसरमा प्रकृति पूजक सयौं किरात राईहरु सहभागी थिए । 

राई दम्पत्तिले आफूहरुलाई सम्मान गरेकामा किरात राई यायोख्या यूके अध्यक्ष मेजर योगेश राई, उपाध्यक्ष मेजर भूपजित पुमा राई र आशा राई, महासचिव इश्वर चामलिङ तथा समस्त कार्यसमितिप्रति आभार व्यक्त गरेका छन् ।  

रोजीहिरा फाउन्डेसनकी संस्थापक रोजिना र एनआरएनए यूके पूर्व उपाध्यक्ष हिराधन राईले बेलायत र नेपालमा विभिन्न व्यवसाय सन्चालन गरेका छन् । उनीहरु समाजसेवामा पनि क्रियाशील छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू