बिहीबार, वैशाख २०, २०८१
07:12 | ११:५७

भोजपुर प्रतिभा सम्मान हिरण्य भोजपुरे र पुरस्कार करुणा राईलाई

नेपाली लिङ्क डिसेम्बर २९, २०२३


लन्डन। भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले प्रदान गर्दै आएको प्रतिभा सम्मान र प्रतिभा पुरस्कार यस वर्ष स्रष्टाहरु हिरण्य भोजपुरे र करुणा राईले प्राप्त गर्ने भएका छन्।

प्रतिष्ठानले वि.सं. २०८० का लागि संगीतकार, गायक तथा लेखक हिरण्य भोजपुरेलाई प्रतिभा सम्मान र कवि करुणा राईलाई प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ।

हरेक दुई वर्षमा प्रदान गरिने सम्मानको राशि रु १५ हजार र ताम्रपत्र रहेको छ भने प्रतिभा पुरस्कारको राशी ३५ हजारसहित ताम्रपत्र छ ।

संस्थाले यसअघि साहित्यकार पूर्ण प्रकाश यात्री, साहित्यकार परशु प्रधान, साहित्यकार कृष्ण जोशी, साहित्यकार जिवि लुगुन, साहित्यकार सैलेन्द्र साकार, साहित्यकार मन्जुल, साहित्यकार गायक तथा संगीतकार गणेश रसिक, इतिहासकार ज्ञानमणी नेपाल र श्याम तमोटलाई सम्मान गरिसकेको छ ।

त्यस्तै, यसअघि पुरस्कृत हुने स्रष्टाहरुमा कवि श्रवण मुकारुङ, संगीतकार दिनेश वान्तवा, कवि विप्लक ढकाल, कवि विमल गिरी, धाविका मीरा राई, कवि तथा समालोचक पूर्ण ईन्फादा, गायक भिषण मुकारुङ र लेखक कविता राई छन्।

यस वर्षको सम्मान र पुरस्कार २०८१ साल बैशाखमा एक कार्यक्रम आयोजना गरी प्रदान गरिने संस्थाले जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू