शनिबार, वैशाख २२, २०८१
18:27 | २३:१२

महजोडी बेलायत प्रस्थान  

नेपाली लिङ्क डिसेम्बर २१, २०२३

फोटो- मदनकृष्ण श्रेष्ठको फेसबुकबाट

लन्डन । वरिष्ठ हास्य कलाकार जोडी ‘मह’ अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य बेलायत उडेका छन् । मदनकृष्ण श्रेष्ठले सामाजिक सञ्जालमार्फत छोरा यमन, छोरी सरानाका साथ हरिवंश र रमिलासहित लण्डन उडेको बताएका हुन् ।

उनीहरु आज साँझ ५:३५ बजे लन्डनस्थित हिथ्रो विमानस्थल टर्मिनल ४ मा आइपुग्नेछन् । बेलायतको विभिन्न स्थानमा हुने कार्यक्रमका लागि ‘महजोडी यूके टुर’ लिएर उनीहरु बेलायत आउन लागेका हुन् ।

बेलायतस्थित च्यारिटी संस्था द गोर्खा सेन्टरले मह टुरको व्यापक तयारी गरेको  छ । मह जोडीको पहिलो कार्यक्रम आउंदो शनिबार (२३ डिसेम्बर) दिउसो हयारोस्थित ह्यारो लिजर सेन्टर र दोश्रो कार्यक्रम २४ डिसेम्बर अपरान्ह ४ बजेदेखि अल्डरसटस्थित एम्पायर हलमा हुने भएको छ ।

ह्यारोमा चर्चित गायक प्रकाश सपुत, यमन श्रेष्ठ, शर्मिला बर्देवा लगायत कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएका छन् । अल्डरसटमा स्थानीय कलाकार र गत सिजनका ‘भ्वाइस अफ नेपाल’ विजेता करण राईले पनि प्रस्तुति दिनेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू