शनिबार, साउन १२, २०८१
03:14 | ०७:५९

माया सपोर्टेड लिभिङको ५ वर्ष पुरा, अवार्डसहित मनाइयो खुशीयाली

नेपाली लिङ्क डिसेम्बर १६, २०२३

लन्डन । लन्डनमा नेपाली व्यवसायीद्वारा सञ्चालित ‘माया सपोर्टेड लिभिङ लि.’ ले स्थापनाको ५ औं वर्ष पुरा गरेको छ ।

सफल व्यवसायी दम्पत्ति राज पाण्डे र रक्षा थापा निर्देशक रहेको उक्त कम्पनीले १५ डिसेम्बर शुक्रबार सांझ लन्डन हेजस्थित दि क्लेरिटियन ओसिस् हलमा वार्षिकोत्सव मनाएको हो ।

सन् २०१८ जुनमा दर्ता भएर फेबुअरी २०१९, २१ तारिखदेखि सेवा दिन थालेको माया सपोर्टेड लिभिङका अहिले ९ वटा शाखा छन् । मायाले लर्निङ डिसेबलिटी, अटिजम, मेन्टल हेल्थ (डिमेन्सिया) जस्ता बिरामीलाई ‘सपोर्ट’ गर्ने काम गर्छ ।

वार्षिकोत्सवमा कम्पनीका कर्मचारी, कर्पोरेट व्यक्तित्व र मायाका सरोकारवालाहरु अतिथीका रुपमा सहभागी थिए ।

सो अवसरमा उत्कृष्ट कर्मचारीहरुलाई विभिन्न पांच विद्यामा अवार्ड पनि वितरण गरियो जसमा न्यू कमर अफ द इयर आंचल तिमल्सिना, साइनिङ स्टार अफ द इयर मार्गरेट इमेम थम्पसन, आउट स्ट्याण्डिङ परफर्मेन्स अफ द इयर सुजिता बजगाईं, म्यानेजर अफ द इयर आशिषबाबु भट्ट र इम्प्लोइ अफ द इयर सुजाता बलामी भए ।

निर्देशकद्वय राज पाण्डे र रक्षा थापाले विजेतालाई ट्रफी, गिफ्ट ह्याम्पर र भौचर प्रदान गरेका थिए । इम्प्लोइ अफ द इयर विजेता सुजाताले दुई जनाका लागि तीन दिन-दुई रातको टर्की होलिडे प्याकेज पनि पाएकी छन् । होलिडेको पुरै ‘अकोमोडेसन’ कम्पनीले बेहोरिदिने छ ।

कम्पनीमा स्थापनाकालदेखि कार्यरत आशिषबाबु भट्ट र रक्षा थापालाई पनि विशेष सम्मान गरिएको थियो ।

समारोहमा कर्पोरेट व्यक्तिसहित कर्मचारीहरुबीच दुईवटा खेल पनि खेलाइएको थियो । खेलमध्ये एउटा मायाकै कर्मचारी इतिश्री र अर्को खेल एचटिआर केयर एण्ड रिक्रुटमेन्टका टंक भट्टराईले जिते ।

कार्यक्रममा क्रिसमस सेलिब्रेसन समेत भयो । डिजे हेम विष्टको गीत संगीत र मामा रेष्टुरेन्टको खानामा सहभागीले निकै रमाइलो गरे । फोटो, भिडियोग्राफी जिम्मेवारी कुशल श्रेष्ठले निर्वाह गरेका थिए ।

माया सपोर्टेड लिभिङका निर्देशक राज पाण्डेले क्रिसमस नयां वर्षको शुभकामना दिंदै कम्पनीको ५ वर्षे यात्रा सफलतापूर्वक पुरा गर्न साथ दिने सम्पूर्ण कर्मचारी, स्टेक होल्डर र शुभचिन्तकहरुप्रति आभार व्यक्त गरेका छन् ।

तस्विरहरु- कुशल श्रेष्ठ/के के मूभिज

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू