शनिबार, साउन १२, २०८१
06:53 | ११:३८

भूकम्पपीडितका लागि एनआरएनए इंग्ल्याण्डले जुटायो १५ सय पाउन्ड

नेपाली लिङ्क डिसेम्बर १३, २०२३

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी यूकेअन्तर्गतको इंग्ल्याण्ड राज्य समन्वय परिषदले जाजरकोट भूकम्पका पीडितका लागि झन्डै १५ सय पाउन्ड जुटाएको छ।  

परिषदले जम्मा गरेको १ हजार ४ सय ८० पाउन्ड ( करिब अढाई लाख रुपैयाँ) एनसीसी यूकेमार्फत् पीडितलाई पठाइएको छ। 

सहयोग संकलन अभियान संयोजक एवम् परिषदकी कोषाध्यक्ष राममाया विष्टले संकलित रकम एनसीसीको खातामा जम्मा गराइसकिएको नेपालीलिंकलाई जानकारी दिइन्। एनआरएनए यूकेले सहयोग रकम चाँडै पीडितसम्म पुर्‍याएर वितरण गर्ने उनले बताइन्।

परिषदले भूकम्पपीडितका लागि कार्यसमितिका पदाधिकारी एवम् समुदायमा समेत आव्हान गरेर सहयोग संकलन गरेको थियो ।  

परिषद अध्यक्ष शम्भुप्रसाद अर्यालले सम्पूर्ण सहयोगदाता एवम् यस अभियानमा खटिने संयोजकसहित सिंगो कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू