बुधबार, वैशाख २६, २०८१
00:26 | ०५:११

लन्डन वुल्लीचमा प्रस्तुति गर्दै ‘विदेश जाने मायालु’ गायक

नेपाली लिङ्क डिसेम्बर १, २०२३

लन्डन। ‘विदेश जाने मायालु तिमीलाई’ बोलको लोकप्रिय गीतका गायक दीपक थापालाई साउथ इष्ट लन्डनवासी श्रोता दर्शकले प्रत्यक्ष सुन्न पाउने भएका छन्।

हाल बेलायत भ्रमणमा रहेका गायक थापाले यही शनिबार डिसेम्बर २ तारिख साँझ वुल्लीचस्थित ट्रामसेड थिएटरमा एकल सांगीतिक प्रस्तुति गर्ने भएका हुन्।

नेपाली साइक्लिङ क्लब यूकेको आयोजनामा हुने ‘दीपक थापा नाइट’ मा गायक थापाले आफ्ना लोकप्रिय गीतहरु प्रत्यक्ष सुनाउनेछन्।  

कार्यक्रमको टिकट शुल्क १५ पाउन्ड राखिएको छ।  टिकट बुकिङका लागि आयोजक साइक्लिङ क्लबका लछुमन गुरुङ, प्रसिद्ध प्रधान र ह्यारी गुरुङलाई सम्पर्क गर्न सकिनेछ।  

सहारा यूकेको निमन्त्रणामा बेलायत आएका गायक थापाले यसअघि अल्डरसटमा आफ्नो सांगीतिक शो गरिसकेका छन्।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू