शनिबार, साउन १२, २०८१
07:17 | १२:०२

भूकम्प सुरक्षा र पुनर्निर्माणबारे जय नेपाल फाउण्डेशनले सेमिनार गर्दै

नेपाली लिङ्क नोभेम्बर ३०, २०२३

लन्डन – जय नेपाल इन्टरनेशनल फाउण्डेशनले ‘भूकम्प संगसंगै कसरी बाँच्ने?’ विषयमा अन्तरराष्ट्रिय सेमिनार आयोजना गर्न लागेको छ।

यही आइतबार (डिसेम्बर २ तारिख) नेपालको समय अनुसार बिहान ९ बजे (अमेरिकामा डिसेम्बर २ बेलुका) अनलाइन माध्यमबाट आयोजना गरिने कार्यक्रममा विभिन्न विज्ञहरुले प्रस्तुति गर्ने छन्।

कार्यक्रम संयोजक डा निरज श्रेष्ठका अनुसार कार्यक्रममा डा. सुबोध ढकाल, डा. केशव शर्मा, डा शिव सुबेदी र डा सतिश मानन्धरको प्रस्तुति रहने छ भने कर्णाली प्रदेशका भौतिक योजना मन्त्री बेदराज सिंह, डा. राजु अधिकारी, इन्जिनियर मुक्ति बहादुर कुँवर, डा. मन्दिप सुवेदी र डा. राजेन्द्र श्रेष्ठ प्यानलिष्टको रूपमा रहने छन् ।

“भूकम्पको दृष्टिकोणबाट नेपाल उच्च जोखिममा रहेका राष्ट्रहरू मध्ये पर्छ । हालै पश्चिम नेपालमा गएको भूकम्पले जनधनको ठूलो क्षति गरयो। नेपाली समाज जिउनका लागि भूकम्पसँग अभ्यस्त हुनैपर्ने बाध्यता छ । त्यसैले हाम्रो समाजलाई चनाखो बनाइराख्न साथै नयाँ नयाँ अध्ययन र अनुसन्धानको विषयमा जानकारी गराउन नितान्त आवश्यक छ,” जय नेपाल इन्टरनेशनल फाउण्डेशनका संस्थापक अध्यक्ष डा. यादव पण्डितले भने।

“भूकम्पको कारण र धनजनको जोखिम न्यूनीकरणका विषयमा अध्ययन र काम गरिरहनु भएका देश भित्र र बाहिर रहनुभएका विषय विज्ञहरू, योजना र नीति निर्माण तहमा रहेर काम गरिरहनु भएका प्रभावित क्षेत्रका नीति निर्माता र सरोकारवाला सबै पक्षलाई सहभागी गराएर हामीले यो कार्यक्रम गर्न लागेका छौं”- अध्यक्ष डा यादव पण्डितले भने।

अध्यक्ष पण्डितले समसामयिक विषयमा फाउण्डेशनले आउँदा दिनमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गर्ने योजना रहेको बताए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू