शनिबार, साउन १२, २०८१
02:43 | ०७:२८

बीसीसी यूकेको विभिन्न परियोजना गर्न च्यारिटी डिनर नाइट

नेपाली लिङ्क नोभेम्बर २८, २०२३


लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको च्यारिटी डिनर नाइट सम्पन्न भएको छ । गत २५ नोभेम्बर शनिबार बीसीसी यूकेको विभिन्न परियोजना सहयोगार्थ अल्डरसटस्थित एम्पायर हलमा च्यारिटी गरिएको हो ।

स्थानीय रस्मोर बरो काउन्सिल मेयर एवं प्रमुख अतिथि क्लाइभ ग्राटन, बीसीसी अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङ, लण्डन ब्रान्च अध्यक्ष गोपाल तामाङलगायत धर्मगुरुले संयुक्त रुपमा दीप प्रज्ज्वलन पश्चात कार्यक्रम शुरु भएको थियो ।

सो अवसरमा बीसीसी यूकेका धर्मगुरु र आमाहरुले शुभमंगल पाठ गरेका थिए । 

कार्यक्रममा बीसीसी यूकेका असिस्टेन्ट प्रोजेक्ट कोर्डिनेटर बिष्णु तामाङले बीसीसी यूकेको विभिन्न परियोजनाबारे ‘प्रिजेन्टेशन’ दिएका थिए । त्यस्तै, भारतको मैंसुरबाट आएका खेन्पो दावा गुरुले दक्षिण भारतमा निर्माण हुन लागेको गोल्डेन बुद्ध प्रोजक्टबारे जानकारी दिए । 

बेलायतमा क्रियाशिल विभिन्न नेपाली संघसंस्था, उद्यमी, व्यापारी, शुभचिन्तकलगायत भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा स्थानीय मेयर ग्राटनले बीसीसी यूकेले गर्दै आएको विभिन्न धार्मिक एवं परोपकारी कार्यको प्रसंशा गरे । 


बेलायतका विभिन्न स्थानबाट आएका मानिस सहभागी कार्यक्रममा बीसीसी यूकेको विभिन्न भूमिकामा रहेर गुम्बालाई अतुलनीय सहयोग गर्दै आएका संस्थापक अध्यक्ष एवं बोर्ड अफ ट्रष्टी मेम्बर लेप्टन काजी शेर्पा, बोर्ड अफ ट्रष्टी मेम्बर मेजर खिम गौचन, बोर्ड अफ मेम्बर मेजर कुलबहादुर थापा, बोर्ड अफ मेम्बर डा. कपिल रिजाल, संस्थापक आमा प्रमुख एवं बोर्ड अफ ट्रष्टी मेम्बर ज्ञानुमाया गुरुङ, निवर्तमान अध्यक्ष एवं बोर्ड अफ ट्रष्टी मेम्बर धर्म तामाङलाई सम्मान गरिएको थियो । 

त्यस्तै, यसबर्ष बीसीसी यूकेको ट्रष्टी मेम्बर बनेका विभिन्न व्यक्तिलाई प्रमाण पत्र प्रदान गरियो । बीसीसी यूकेको हरेक अभियानमा हातोमालो गर्दै आएका पूर्ण गुरुङ, कलम गुरुङ, कृष्ण गुरुङ, जंग बहादुर गुरुङ, राम (घ्यूर्मी) गुरुङ, लाल कुमारी गुरुङ, दुर्गा लक्ष्मी गुरुङ, नन्दु गुरुङ, कुशकुमारी गुरुङ, दिलु गुरुङ र टेक बहादुर गुरुङलाई भोलन्टरी अवार्डबाट सम्मान गरिएको थियो ।

उक्त डिनर नाइटमा नृत्य तथा गीत प्रस्तुत गर्ने कलाकारहरुलाई समेत खादासहित प्रमाण पत्र वितरण गरियो । 


विभिन्न धार्मिक एवं साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा ब्रिषा गुरुङ, परिस्का गुरुङ, बिनु गुरुङ, हेलिसा गुरुङ, पर्विता तामाङले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै, लामा दिपेन गुरुङ, गायक तिलक गुरुङ, गायिका बन्दना पाण्डेले विभिन्न गीत प्रस्तुत गरे भने बीसीसी यूकेकी सक्रिय सदस्य जयन्ती गुरुङले ‘मेरो गुरु’ शीर्षकको कविता प्रस्तुत गरेकी थिइन् । 

कार्यक्रममा विभिन्न दाताले स्पोन्सर गरेको महत्वपूर्ण सामाग्रीहरुको ‘अक्सन’ समेत गराइएको थियो । असिस्टेन्ट प्रोजेक्ट कोर्डिनेटर बिष्णु तामाङ र उपाध्यक्ष क्याप्टेन देब घलेले बढो रोचक ढंगले अक्सन गराउदै तोकिएको समयभन्दा अगावै सामान विक्री गर्न सफल भएका थिए । 

त्यस्तै विभिन्न व्यक्ति, उद्यमी तथा व्यापारीले स्पोन्सर गरेको पुरस्कार राखिएको राफल चिठ्ठा समेत खेलाइएको थियो । सो राफल ड्र प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ र उपाध्यक्ष क्याप्टेन देब घलेले संचालन गरेका थिए । 

उपाध्यक्ष रोविन गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा दक्षिण भारतमा निर्माण हुन लागेको ११३ फीट गोल्डन बुद्ध शालिक निर्माण सहयोगार्थ बीबीसी यूकेद्वारा १००० पाउण्ड सो शालिक निर्माणका लागि आर्थिक सहयोग संकलन गर्दै आएका खेन्पो दावा चोम्पललाई हस्तान्तरण गरियो । 


बीसीसी यूकेका धर्मगुरु खेन्पो कर्म छुल्त्रिम, लामा हर्क जंग घलेलगायत लामा गुरुहरुको समेत विशेष उपस्थिति रहेको कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष हर्क बहादुर गुरुङले प्रमुख अतिथि स्थानीय मेयर, काउन्सिलर्स, धर्मगुरुहरु, विभिन्न संघसंस्थाबाट आएका अध्यक्ष तथा प्रतिनिधिहरु, भक्तजनहरु, स्पोन्सरहरुलगायत उपस्थित महानुभावलाई स्वागत गरे । 

साथै, उनले च्यारिटी डिनर नाइट गर्नुको उद्देश्यबारे बताउदै बीसीसी यूकेको विभिन्न परियोजनाहरुबारे छोटो जानकारी गराए । साथै, उनले उक्त परियोजनाहरुमा सहयोग गर्न हार्दिक अनुरोध गरे । 

बीसीसी यूके अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रोविन गुरुङले स्वागत मन्तब्य दिए भने उपाध्यक्ष क्याप्टेन देव घलेले धन्यवाद ज्ञापन गरे । 

कार्यक्रम संचालन महासचिव मेजर हितमान गुरुङ, आमा सचिव शारदा गुरुङ र कल्चरल सेक्रेटरी पंच तामाङले गरेका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू