मंगलबार, वैशाख २५, २०८१
17:52 | २२:३७

बेलायतको सिनेवर्ल्डमा नेपाली फिल्म ‘अन्तिम संस्कार’

नेपाली लिङ्क नोभेम्बर २५, २०२३

 

लन्डन । बेलायतका व्यवसायीले निर्माण गरेको नेपाली चलचित्र ‘अन्तिम संस्कार’ यूकेमा समेत प्रदर्शन हुने भएको छ ।

नेपालमा रिलिज भइसकेको उक्त फिल्म डिसेम्बर पहिलो सातादेखि बेलायतको सिनेवर्ल्ड (सिनेमा हल) मा प्रदर्शन हुने भएको हो ।

फिल्म आउँदो डिसेम्बर २ तारिखदेखि नेपालीको उल्लेख्य बसोवास भएका शहर ग्रीनवीच, अल्डरसट, हन्स्लो, स्वीन्डन, वेम्ब्ली, फेल्थम, पुलका सिनेवर्ल्ड हलमा लाग्दैछ । आसफोर्डमा २ र ९ डिसेम्बरमा प्रदर्शन हुनेछ ।

लामाहरुको संस्कारसंग जोडिएको सामाजिक तथा सांस्कृतिक कथावस्तुमा आधारित उक्त चलचित्र नेपालको हिमाली जिल्ला मुस्ताङमा छायांकन गरिएको हो । ‘मर्डर मिष्ट्री’ को कथालाई फिल्ममा समावेश गरिएको निर्माण पक्षले बताएका छन् ।

प्रदीप शाहीद्वारा निर्देशित फिल्ममा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ लामा, विकास अधिकारी, सरोज खालिङ राई, सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल, धर्मानन्द आचार्य आदि कलाकारले अभिनय गरेका छन् ।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्सायर अकाउण्टेन्टको सहकार्य रहेको यो फिल्ममा भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रविन्द्र श्रेष्ठ कार्यकारी निर्माता छन् ।

विनोद सुवेदी क्षितिज निर्माता रहेको उक्त फिल्म सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू