मंगलबार, वैशाख २५, २०८१
09:43 | १४:२८

‘टाइगर ३’ को व्यापार ३ सय करोड नाघ्यो

रासस/एएफपी नोभेम्बर १८, २०२३

मुम्बई । यस दीपावलीमा रिलिज भएको सलमान खानको ‘टाइगर-३’ ले विश्वभरका थिएटरमा ३ सय करोड भारु बढीको कमाई गरेको छ ।

फिल्म सफलताबारे कुरा गर्दै खानले टाइगर फ्रेन्चाइजको सफलता आफ्नो लागि निकै प्रेरणादायी भएको बताए ।

टाइगर फ्रेन्चाइज सन् २०१२ मा ‘एक था टाइगर’ बाट सुरु भएको थियो, जसमा सलमान खान अविनाश सिंह राठौर नामक जासूसको भूमिकामा देखिएका थिए। उनीसँगै जोयाको भूमिकामा देखिएकी कट्रिना कैफलाई पनि मानिसहरुले मन पराएका थिए ।

यसपछि सन् २०१७ मा ‘टाइगर जिन्दा है’ र अहिले ‘टाइगर ३’ रिलिज भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार सलमान खानले भनेका छन्, ‘वर्षौंदेखि दर्शकले म र मेरो टाइगर फ्रेन्चाइजलाई दिएको मायाका लागि आभारी छु । मैले अहिलेसम्म तीन पटक टाइगरको भूमिका निर्वाह गरेको छु । यो प्रशंसा मेरो लागि सफलताको ह्याट्रिक जस्तै हो।’

यो एउटा यस्तो चरित्र हो जसका लागि आफूले निकै मिहिनेत गरेको उनले बताए । यो चरित्रमा आउन धेरै त्याग गरेकाले यसको सफलता विशेष रहेको उनको भनाई छ।

खानले एक्सन हिरो हुन पाउँदा निकै गर्व लागेको पनि बताएका छन् । उनले दबंग, वान्टेड, बडीगार्ड, किक, राधे र किसीका भाई किसकी जान जस्ता एक्सन फिल्म बनाएका छन् ।

उनले आफूलाई एक्शन हिरोको रुपमा जनताले मन पराएकोमा आफू भाग्यमानी रहेको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू