मंगलबार, १६ सेप्टेम्बर, २०२५
तिहारको दिन मात्रै खुल्ने रानीपोखरीको बालगोपालेश्वरमा भाइटीका (तस्विरहरु)



नेपाली लिङ्क
नोभेम्बर १५, २०२३
काठमाडौं । वर्षभरमा एकपटक तिहारको दिन मात्रै खुल्ने काठमाडौँ रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेहरुको भीड लागेको छ ।
भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन्।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो। भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ मा पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई खुला गरिँदै आइएको छ ।
मन्दिर आज बिहानैबाट दिनभर खुला रहने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
हेरौं, बालगोपालेश्वर मन्दिरमा भाइटीकाका केही तस्विरहरु:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५