मंगलबार, वैशाख २५, २०८१
10:03 | १४:४८

सुकबहादुरको ‘मन त बुढो हजुर हुन्न रैछ नि’ बोलको कौडा सार्वजनिक

नेपाली लिङ्क नोभेम्बर १४, २०२३

काठमाडौ- गीतकार सुकबहादुर गुरुङ आफैँमा सरल जनमानसको भाषालाई उनेर उत्कृष्ट गीत लेख्ने सर्जक हुन् । उनले मौलिक संस्कृतिलाई समेटेर “मन त बुढो हजुर हुन्न रैछ नि” बोलको कौडा (चुट्का) गीत हालै सार्वजनिक गरेका छन्। 

उनी आफ्नो सांगीतिक यात्रामा धेरै सुगम आधुनिक गीतहरु दिइसकेका स्रष्टा हुन् । महसुस -१, महसुस -२ गीति एल्बमका साथै धेरै ख्यातिप्राप्त गायक गायिकाहरुले उनको गीतमा स्वर भरेका छन्।  

उनले यो पटक मौलिक संस्कृतिलाई अनुभूत गराउने कौडा गीतलाई महसुस-३ मा समेटेका हुन् ।

“मन त बुढो हजुर हुन्न रैछ नि” गीतमा गीतकार गुरुङले सबैको जीवनमा घटिरहने तथा मानव अन्तरमनको भावनालाई गीतमार्फत मिठो शैलीमा प्रस्तुत गरेका छन् । जसमा चर्चित गायक राजेशपायल राई, चर्चित गायिका तारा श्रीस मगर लगायतको मिठो स्वरले सजिएको छ । 

कौडामा आधारित गीतमा कुशल गायक तथा संगीतकार रामकुमार गुरुङ (आरके) को संगीत छ । मनाङ गुरुङले निर्देशन गरेको भिडियोमा सन्तोषी गुरुङको रोचक नाचको कोरियोग्राफ छ। भिडियोमा गुरुङ फिल्मका वरिष्ठ कलाकार माओत्से गुरुङ र राजनी गुरुङको सशक्त अभिनय छ। 

छायांकार नवराज उप्रेती छन् भने विष्णुहरि तिमल्सिनाले भिडिओ सम्पादन गरेका छन् । भिडियोमा गुरुङ संस्कार संस्कृति झल्किने पोशाकसहित तमु समाज तनहुँ काठमाडौंका आमाबाबा संलग्न छन् ।

भिडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू