शनिबार, साउन १२, २०८१
02:17 | ०७:०२

वेस्ट लन्डनमा भएको आगलागीमा एकै परिवारका पाँचको मृत्यु

नेपाली लिङ्क नोभेम्बर १३, २०२३

तस्विर- बीबीसी

लन्डन । लन्डनको एक घरमा आगलागी हुँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । वेस्ट लण्डनको हन्स्लोस्थित च्यानल क्लोजमा आइतबार साँझ भएको आगलागीमा तीन केटाकेटीसहित पाँचजनाको मृत्यु भएको भएको बीबीसीले जनाएको छ ।

रातको ११:३० मा इमर्जेन्सी सर्भिसमा खबर गरिएको र १: २५ मा मात्र आगो नियन्त्रणमा आएको थियो । पहिलो तलामा रहेका पाँच जनाको शव फेला परेको अग्नि नियन्त्रकले जनाएका छन् ।

मृत्यु हुने व्यक्तिहरुको बारेमा कुनैपनि जानकारी उपलब्ध भएको छैन । यद्धपि उक्त क्षेत्रमा एसियन मूलका मानिसहरुको बाहुल्यता छ ।

दिपावलीकै दिन भएको उक्त घटनाको बारेमा अझै अनुसन्धान भइरहेको र हालसम्म कसैलाई पक्राउ नगरिएको प्रहरीले जानकारी दिएको छ ।

आगो नियन्त्रणमा लण्डन फायर सर्भिसका १० वटा फायर इन्जिन र ७० जना फायर फाइटर संलग्न रहेको बताइएको छ । हेष्टन, साउथहल, ट्विकिनहाम, हेज,फेल्थमलगायत क्षेत्रका फायर सर्भिसहरु अग्नि नियन्त्रणमा संलग्न भएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू