मंगलबार, वैशाख २५, २०८१
16:48 | २१:३३

नेपालमा टिकटक बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

नेपाली लिङ्क नोभेम्बर १३, २०२३


काठमाडौँ – पछिल्लो समयको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जालका रुपमा स्थापित टिकटक अब नेपालमा बन्द हुने भएको छ।

सोमबारको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो।

बैठकपछि सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सद्भाव बिगार्ने काम गरेकाले टिकटक बन्द गर्ने निर्णय गरिएको जानकारी दिइन्।

नीतिगत रूपमा आजैदेखि नेपालमा टिकटक बन्द भएको भन्दै उनले प्राविधिक रूपमा आवश्यक पर्ने व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने बताइन्।

टिकटकबाट लगातार रूपमा सामाजिक सद्भाव बिथोल्ने तथा पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खलबल हुनेगरी प्रचारप्रसार भइरहेको मन्त्री शर्माको भनाइ थियो।

नेपालमा पछिल्लो समय नेपाल प्रहरीमा दर्ता साइबर अपराधका उजुरीमा अधिकांश टिकटकसँग सम्बन्धित भएको सरकारी तथ्यांक छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू