शनिबार, साउन १२, २०८१
12:21 | १७:०६

बुद्ध फाउण्डेशन यूकेद्वारा भूकम्प पीडितका लागि सहयोग आव्हान

नेपाली लिङ्क नोभेम्बर १०, २०२३

भूकम्पले भत्किएको घर निरिक्षण गर्दै एक पीडित । तस्विर- एएफपी

लन्डन- बेलायतस्थित एउटा सामाजिक संस्था बुद्ध फाउण्डेशन यूकेले पश्चिम नेपालमा गत साता गएको भूकम्पमा परी प्रभावित परिवारहरुको सहयोगार्थ चन्दा संकलन शुरु गरेको छ।

फाउण्डेशनले पश्चिम रुकुम र जाजरकोटका भूकम्प पीडितहरुका लागि गो फन्डमीमार्फत कोश संकलन थालेको हो । 

६.४ रेक्टर स्केलको उक्त भूकम्पले गर्दा डेढ सय बढी नेपालीको ज्यान गएको छ भने सयौँ घाइते छन् ।  

‘जाडोको समयमा घरबारबिहीन हुन पुगेका बेसहारालाई तपाईंको सानो सहयोगले ठूलो राहत पुग्नेछ’- बुद्ध फाउण्डेशन यूके अध्यक्ष दीपक श्रेष्ठले भने, ‘हामी विदेशी भूमिमा रहे पनि नेपाल र नेपालीलाई अप्ठेरो पर्दा हाम्रो मन दुख्छ । आउनुहोस् जे जति सकिन्छ हातेमालो गरेर पीडितहरुको रोदन र दु:खमा मल्हम पट्टी लगाउँ ।’ 

अध्यक्ष श्रेष्ठले यो ‘गो फण्ड मी’ लिंक क्लिक गरेर सक्दो सहयोग गरिदिन सबैमा अपिल पनि गरेका छन् ।  

बुद्ध फाउण्डेशन यूकेले सेन्ट्रल लण्डनमा बुद्ध जयन्ती मनाउनुका साथै नेपालमा प्राकृतिक विपत्तिका बेला आपतकालीन तथा मानवीय सहयोग पुरयाउँदै आएको छ। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू