शनिबार, साउन १२, २०८१
02:41 | ०७:२६

डा. शेष घलेसंग सहकार्य गर्दै एनआरएनए यूके भूकम्प पीडितको सहयोगमा जुट्यो

नेपाली लिङ्क नोभेम्बर ७, २०२३


लन्डन । एनआरएनए यूकेले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको सहयोगका लागि डा. शेष घलेको एमआइटी ग्रुप फाउण्डेशन र ग्लोवल एनआरएन फाउण्डेशनसंग सहकार्य गर्ने भएको छ । 

गत आइतबार जुममार्फत भएको एनआरएनए यूकेको आपतकालिन बैठकले डा. घलेको एमआइटी ग्रुप र गैर आवासीय नेपाली संघले सामाजिक कार्य गर्न स्थापना गरेको ग्लोवल एनआरएन फाउण्डेशनसंग सहकार्य गर्ने निर्णय गरेको हो । 

यस सहकार्यसंगै एनआरएनए यूकेले भूकम्प पीडितका लागि आफ्नो तर्फबाट बेग्लै ५ लाख रुपैयां सहयोग गर्ने निर्णय पनि गरेको अध्यक्ष प्रेम गाहामगरले जनाए । 

संघले गो फण्डमीमार्फत भूकम्प पीडितका लागि चन्दा संकलन समेत शुरु गरेको छ । सहयोग गर्न यो लिंकमा क्लिक गर्नु होला-https://gofund.me/bc08f329

६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको प्रति द्ःख व्यक्त गर्दै अध्यक्ष गाहामगरले मनकारी बेलायतवासी नेपालीलाई सहयोग गर्न पनि अपिल गरेका छन् । 

एनआरएनए यूके संलग्न भएको एमआइटी ग्रुप फाउण्डेशन र ग्लोवल एनआरएन फाउण्डेशनले ५०-५० लाख रुपैयां दिने निर्णय गरिसकेका छन् । 

गत कार्तिक १९ गते आइतबार गैर आवासीय नेपाली संघ र संघका पूर्व अध्यक्ष तथा संरक्षक एवं एमआइटी ग्रुप फाउण्डेशनका संस्थापक अध्यक्ष डा. शेष घलेको उपस्थितिमा भएको संयुक्त बैठकले राहत तथा उद्दारका लागि पहिलो चरणमा एक करोड भन्दा माथि संकलन गरेको छ । 

यस कार्यका लागि संघका पदाधिकारीले ५० लाख रुपैयां उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए भने एमआइटी ग्रुप फाउण्डेशनले सोही अनुपातमा थप ५० लाख रुपैयां उपलव्ध गराउने प्रतिवद्धतापछि एक करोड रुपैयां संकलन भएको थियो ।  

यसैबीच, २० कार्तिकका दिन दुवै फाउण्डेशनका तर्फबाट पहिलो चरणको राहत वितरण कार्य थालनी भएको छ । स्थानीय निकायको समन्वयमा पहिलो चरणको राहत अन्तर्गत भूकम्पबाट अति प्रभावित क्षेत्र आठबिसकोटका पीडितहरुका लागि एक हजार थान कम्बल र खाद्यान्न लिएर संघका युथ ब्राण्ड एम्बासडर दिपेश खत्रीको नेतृत्वमा एक टोली त्यसतर्फ प्रस्थान गरिसकेको संघले जनाएको छ । 

यस अलवा डा. घलेको नेतृत्वमा संघका सल्लाहकारहरु एसी शेर्पा तथा श्याम तामाङ र एमआइटी ग्रुप फाउण्डेशनका सञ्चालक सुरेश चित्रकार सम्मिलित एक संयुक्त टोलीले प्रभावित क्षेत्रको स्लगत अध्ययन गरि पीडित तथा जनप्रतिनिधिहरु र नेपाल सरकारका सरोकारवाला निकायहरुसंगको छलफल तथा समन्वयमा आगामी दिनका लागि के कस्ता अल्प तथा दीर्घकालिन उद्धार, राहत तथा सहयोग गर्दा बढी प्रभावकारी र दिगो हुनुका साथै स्थानीयहरुको प्राथमिकता पुरा गर्न सकिनेछ त्यसै अनुरुप थप सहयोगको खाका तयार गरिने पनि संघको सचिवालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू