शनिबार, साउन १२, २०८१
03:24 | ०८:०९

भूकम्पका कारण एमालेको शुभकामना तथा चियापान स्थगित   

रासस नोभेम्बर ४, २०२३

काठमाडौँ, १८ कात्तिक- नेकपा (एमाले) ले आज दसैँ, तिहार, छठ र नेपाल संवतमा राखेको शुभकामना कार्यक्रम स्थगित गरेको छ ।

एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले विभिन्न जिल्लामा पार्टीले आज राखेका शुभकामना आदानप्रदान तथा चियापानका सबै कार्यक्रम स्थगित गर्न निर्देशन दिइएको जानकारी दिए ।

उनले राहत र उद्धारको काममा केन्द्रित हुनपर्ने भएकाले पार्टीका तर्फबाट आयोजित शुभकामना कार्यक्रम स्थगन गरिएको बताए । 

एमालेले विपत् र शोकको यस समयमा सुर्खेत, नेपालगञ्ज, काठमाडौँका पार्टीका कमिटीलाई उपचार, अस्पतालको व्यवस्थापन र घाइतेका लागि आवश्यक रगत सङ्कलनमा सहयोग गर्न आग्रह गरेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू