बिहीबार, कार्तिक ८, २०८१
17:58 | २२:४३

जीआरएनसी यूकेको साधारणसभा नोभेम्बर २६ मा

नेपाली लिङ्क नोभेम्बर ३, २०२३

लन्डन । ग्रेटर रश्मुर नेपाली कम्युनिटी यूके (जीआरएनसी यूके) को साधारणसभा आगामी नोभेम्बर २६ मा हुने भएको छ ।

बेलायतको अल्डरसटस्थित एम्पाएर हलमा बिहान ११ बजे उक्त कार्यक्रम सुरु हुने संस्थाका अध्यक्ष मान गुरुङले जानकारी दिए ।

कार्यक्रमका लागि प्रमुख निर्वाचन अधिकृत एकेन्द्र गुरुङलाई तोकिएको छ जसको सदस्यमा क्या.रि.महेन्द्र लिम्बु, रञ्जिता मल्ल र वाचस्पती रेग्मी छन् ।

यसैबीच, संस्थाले यही नोभेम्बर ११ तारिख शनिबार स्थापना दिवस मनाउने तयारी गरेको छ । प्रिन्सेस गार्डेनमा बिहान साढे १० बजे स्थापना दिवस कार्यक्रम शुरु हुने जीआरएनसी यूकेले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू