शनिबार, साउन १२, २०८१
06:04 | १०:४९

प्रधानाध्यापकको हत्या विवाहेत्तर सम्बन्धका कारण, १० पक्राउ

नेपाली लिङ्क अक्टोबर ३१, २०२३

बारा १४ कार्तिक–स्थानीय बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा संलग्न भएको अभियोगमा १० जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म पाँच जना भारतीय र पाँच जना नेपालीलाई आज पक्राउ गरिएको छ । सरार्फसँग प्रेम सम्बन्ध रहेको भनिएकी एक युवतीलाई पनि हिरासतमा लिइएको छ ।

प्रधानाध्यापक रुपेश सर्राफको हत्याको कारण विवाहेत्तर सम्बन्ध रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाराका अनुसन्धान अधिकृतहरुका अनुसार, सर्राफ स्कुलकै एक जना पूर्वशिक्षिकासँग प्रेम सम्बन्धमा थिए ।

सम्बन्धमा खटपट आएपछि उनी समेतको संलग्नतामा सर्राफको गोली हानी हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सर्राफका श्रीमती, एक छोरा र एक छोरी छन् । पूर्वशिक्षिका पछिल्लो समय अर्कै व्यक्तिसँग प्रेम सम्बन्धमा थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू