शनिबार, साउन १२, २०८१
02:32 | ०७:१७

सार्कका नयाँ महासचिवले सम्हाले कार्यभार

रासस अक्टोबर २८, २०२३

काठमाडौँ, ११ कात्तिक– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन् ।

सार्क मन्त्रिपरिषद्ले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै उनले गत मङ्गलबारदेखि कार्यभार सम्हालेको सार्क सचिवालयले आज जनाएको छ ।

नवनियुक्त महासचिव सार्कको १५औँ महासचिव हुन् । उनी बङ्गलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिक कर्मचारी हुन् । सन् १९९१ मा बङ्गलादेशको कूटनीतिक सेवा प्रारम्भ गरेका महासचिव सरवरले मलेसिया, ओमन, स्वीडेनमा बङ्गलादेशी राजदूतका रूपमा सेवा गरिसकेका छन् ।

उनले क्वालालम्पुर, काठमाडौँ, याङ्गुन र वाशिङ्टन डिसीमा पनि बङ्गलादेशको कूटनीतिक अधिकारीका रूपमा काम गरिसकेका छन् ।

सन् १९६६ मा जन्मिएका महासचिव सरवरले वाणिज्यशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनले जर्मनीबाट कूटनीतिसम्बन्धी तालिम पनि लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू