शनिबार, साउन १२, २०८१
06:48 | ११:३३

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता   

रासस अक्टोबर २५, २०२३

काठमाडौँ, ८ कात्तिक- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उनलाई त्यहीँ हृदयाघात भएपछि चीनको राजधानी बेइजिङमा उपचार गराएर आज स्वदेश फर्किएका हुन् ।

यही १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी भएपछि उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो । उनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा पाँच दिनसम्म उपचार भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू