शनिबार, साउन १२, २०८१
05:47 | १०:३२

एनआरएनए यूकेले वेल्समा गर्‍यो दसैं विशेष कार्यक्रम

नेपाली लिङ्क अक्टोबर २४, २०२३

लण्डन-एनआरएनए यूकेले वेल्स राज्य समन्वय परिषदको सहकार्यमा कार्डिफमा दसैं विशेष कार्यक्रम गरेको छ ।  

गत आइतबार पञ्चे बाजासहित सांस्कृतिक माहोलमा आयोजित कार्यक्रममा सयौं सहभागी थिए । प्रवेशद्वारमा अतिथीहरुलाई पन्चेबाजा बजाउंदै स्वागत गरिएको थियो ।

एनआरएनए यूके वेल्स राज्य समन्वय परिषदका अध्यक्ष मोतिप्रसाद पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रम प्रमुख अतिथी एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर र स्थानीय समाजसेवी झलक गर्बुजाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

मन्तव्यका क्रममा प्रमुख अतिथी एनआरएनए यूके अध्यक्ष गाहामगरले दसैं शुभकामना दिंदै कार्यक्रममा उत्साहजनक उपस्थितिका लागि सबैप्रति विशेष आभार ब्यक्त गरे । उनले नेपाली चाड पर्व र कला संस्कृतिको जगेर्नामा आफ्नो संस्था सधैं क्रियाशील रहने पनि बताए । एनआरएनए यूकेले वेल्समा आफ्नो बेग्लै साम्राज्य खडा गरेको र यो झन् मजवुत बन्दै गएको उनको भनाइ थियो । 


कार्यक्रममा वेल्स राज्य समन्वय परिषदका अध्यक्ष मोतिप्रसाद पुन, एनआरएनए यूके उपाध्यक्ष अमृत घले, एनआरएनए यूके आइसीसी सदस्य ओमप्रसाद थापा, संरक्षक डेविड गुरुङ, एनआरएनए आइसीसी उपाध्यक्ष थर्क सेन, समाजसेवी झलक गर्बुजा लगायतले पनि शुभकामना दिएका थिए ।

धौलागिरी नौमति बाजा घन्किएको कार्यक्रममा नेपालका राष्ट्रिय कलाकारहरु देवी घर्ती र ईश्वर सिंहले आफ्नो प्रस्तुतिमार्फत धमाका मच्चाएका थिए । उनीहरुको गायनमा सहभागी मज्जाले नाचे ।

प्रवक्ता लक्ष्मी तामाङले संचालन गरेको कार्यक्रममा स्थानीय वेल्सवासी र इङल्यान्डका नेपालीको समेत उल्लेख्य सहभागिता थियो । कार्यक्रमका लागि एनआरएनए यूके केन्द्रिय पदाधिकारी पनि वेल्स पुगेका थिए ।

तस्बिर- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू