मंगलबार, वैशाख २५, २०८१
09:47 | १४:३२

नायक धिरेन शाक्य र अमिकाको ‘यो मिठो माया’ सार्वजनिक

नेपाली लिङ्क अक्टोबर २१, २०२३

लन्डन । नायक धिरेन शाक्य र अमिका क्षेत्री अभिनित म्यूजिक भिडियो ‘यो मिठो माया’ सार्वजनिक भएको छ ।

म्यूजिक भिडियो पीपीएन प्रोडक्सनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

बेलायतको डोभर तथा केन्ट आसपासमा छायांकन गरिएको रोमाञ्चक  म्यूजिक भिडियोमा बेलायत निवासी प्रभु गुरुङको निर्देशन तथा कोरियोग्राफी छ ।

नायक शाक्यले सैयौंको संख्यामा नेपाली चलचित्र तथा म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् भने ‘मन मनै त हो’ बोलको म्यूजिक भिडियोबाट डेब्यु गरेकी अमिकाले पनि बेलायत र नेपालमा विभिन्न म्यूजिक भिडियोमा अभिनय गरेकी छन् ।

नन्दु गुरुङको स्वर र देव गुरुङको संगीत रहेको यस गीतमा  रामप्रसाद गुरुङको शब्द सृजना छ । यसैगरी गीतको म्यूजिक भिडियोमा सुमन श्रेष्ठले छायांकन तथा सम्पादनको जिम्मेवारी निभाएका छन् भने मेकअपमा पुष्पा गुरुङ छन् ।

म्यूजिक भिडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू