बिहीबार, जेठ १०, २०८१
21:14 | ०१:५९

टियाले संकलन गरेको रकम लेक्स कियर नेपाललाई

नेपाली लिङ्क अक्टोबर २१, २०२३

लण्डन । बेलायतमा अध्ययनरत एक १३ वर्षिया छात्राले नेपालमा कुकुरहरुको रेखदेख गर्ने एक संस्थालाई आर्थिक सहयोग गरेकी छन्। 

लण्डनस्थित रिभर एकेडेमीमा कक्षा ८ मा अध्ययनरत टिया आचार्यको सकृयतामा संकलित ५० हजार रुपैंया शुक्रबार काठमाण्डौंस्थित लेक्स कियर नेपालकी प्रमुख किरणरुपा मगरलाई हस्तान्तरण गरिएको छ ।

बेलायतबाट संचालित अनलाइन पोर्टल नेपालब्रिटेन डट कमको १६ औं वार्षिकोत्वसको अवसरमा संकलन भएको आर्थिक सहयोग गैरआवासीय नेपाली संघका नवनिर्वाचित सचिव भिम कमल केसी र सहकोषाध्यक्ष कृष्ण तिमल्सेनाले संयुक्त रुपमा लेक्स कियर नेपाललाई हस्तान्तरण गरेका हुन् । 

लेक्स कियर नेपालले सडकमा अल्पत्रपरेका कुकुरहरुको औषधि उपचार तथा रेखदेख गर्दै आएको छ ।

संस्थाकी प्रमुख थापाका अनुसार हालसम्म सडकमा रहेका ५ सय बढी कुकुरलाई लेक्स कियर नेपालले सेवा दिएको छ । लेक्स कियर नेपाल २ वर्षअघि स्थापना भएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू