शनिबार, साउन १२, २०८१
03:12 | ०७:५७

प्रधानमन्त्रीले भोलि गैरआवासीय नेपाली नागरिकता वितरण शुभारम्भ गर्ने

रासस अक्टोबर १६, २०२३

काठमाडौँ, २९ असोज- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरुलाई भोलिदेखि नागरिकता वितरण शुभारम्भ गर्ने भएका छन्।  

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहान ७ बजे नागरिकता वितरण कार्यको शुभारम्भ गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

भोलिबाटै गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनएको) ११औँ विश्व सम्मेलन काठमाडौँमा सुरु हुँदैछ । सोही दिन पारेर सरकारले नागरिकता वितरण सुरु गर्न लागेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू