शनिबार, साउन १२, २०८१
06:57 | ११:४२

एनआरएनए युरोप उपसंयोजकमा शशांक शर्माले दर्ता गरे उम्मेद्वारी

नेपाली लिङ्क अक्टोबर १६, २०२३

लन्डन।एनआरएनए युरोप क्षेत्रीय उपसंयोजकमा बेलायतबाट शशांक शर्माले उम्मेद्वारी दिएका छन् । 

आसन्न एनआरएनए निर्वाचनमा युरोप उपसंयोजक पदका लागि सोमबार निर्वाचन समितिमा उम्मेद्वारी दर्ता गराएको उनले बताए।

एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय शर्मा एनआरएनए यूकेका निवर्तमान सहकोषाध्यक्ष एवम् प्रवक्ता हुन्।

बेलायतकै सबैभन्दा पुरानो यती नेपाली एशोसिएसनका पूर्व उपमहासचिव उनले साझा नेपाली समाज यूकेको सचिव, क्याट यूकेको सचिवसहित अन्य विभिन्न सामाजिक संस्थाहरुमा पनि विभिन्न पदमा रहेर काम गरिसकेका छन्।

एनआरएनए युरोप उपसंयोजकमा उम्मेद्वारी दर्ता गरेलगत्तै नेपाली लिंकसँगको संवादमा शर्माले सामाजिक सेवप्रातिको आफ्नो लगावका कारण नयाँ जिम्मेवारीमा रहेर काम गर्न तत्पर बनेको बताए । 

युरोप क्षेत्रका सबै डेलिगेटहरुमाझ मत अपील गर्दै उनले इमान्दारीपूर्वक संस्था र आम सदस्यको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

एनआरएनएसहित विभिन्न सामाजिक संस्थाका महत्वपूर्ण पदमा रहेर काम गर्ने क्रममा बटुलेको अनुभव र बनाएको गतिलो ट्र्याक रेकर्ड नै आफ्नो उम्मेद्वारीको औचित्य पुष्टि गर्ने आधार रहेको शर्माले बताएका छन्।

एनआरएनए नागरिकता, नेपालमा लगानी प्रवर्द्धनजस्ता मुख्य एजेन्डाहरुदेखि युरोपवासी गैरआवासीय नेपालीका चाहना र भावनाअनुसारका एजेन्डाहरुलाई प्राथमिकतामा राखेर काम गर्ने उनको योजना छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू