मंगलबार, वैशाख २५, २०८१
15:58 | २०:४३

‘एनआरएन द सिङगर’ को टप फाएभमा बेलायतबाट युक्ती

नेपाली लिङ्क अक्टोबर १०, २०२३

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्कृति तथा सम्पदा समितिको संयोजन र युनिटेक नेपालको व्यवस्थापनमा संचालन हुँदै आएको कार्यक्रम ‘एनआरएन द सिङगर’ मा बेलायतकी युक्ती विमली  टप फाएभमा परेकी छन् ।

आफू जहाँ बसेपनि नेपाली भाषा र नेपाली संस्कृतिलाई बिर्सन नहुने  बताउने १७ वर्षीय युक्तीले बेलायतमा ‘ए’ लेभल गरेकी छन् । अक्टुबर १५ मा हुने ग्राण्ड फिनालेमा आफूलाई विजयी गराउन आफन्त, इष्टमित्रहरु तथा सम्पूर्ण शुभचिन्तकलाई भोट गर्न  उनले आग्रह गरेकी छन् ।

उनलाई भोट गर्न खल्ती डटकममा गएर भोटिङ कोड ११५ मा भोट गर्न सकिनेछ ।

पहिलोपटक गरिएको  रियालिटि शो ‘एनआरएन द सिङगर’ का लागि ३७ देशका तीनसय बढीको  सहभागिता थियो, जसमध्येबाट उत्कृष्ट ४० जनालाई छनौट गरेर कार्यक्रम अगाडि बढाइएको थियो ।

‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाज’ को मूल नाराका साथ ‘एनआरएन द सिङगर’ को निर्णायक मण्डलमा वरिष्ठ गायक तथा सर्जक शम्भु राई नेपालबाट, शर्मिला बर्देवा यूकेबाट र रुपककुमार शाही अस्ट्रियाबाट छन् ।

ग्रान्ड फिनालेमा ५ जनाबीच प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ पहिलो उपाधि जित्ने छन् । उपाधि जित्नले नगद रु ५ लाख प्राप्त गर्दा फस्ट रनरअपले रु २ लाख  र सेकेन्ड रनरअपले रु १ लाख नगद पुरस्कारका साथै ट्रफी र प्रमाणपत्र पाउने छन् ।

भोट गर्न  यहाँ क्लिक गर्नुहोला

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू