शनिबार, साउन १२, २०८१
07:13 | ११:५८

मध्यपूर्व र यूरोप भ्रमण सकेर फर्किए सचिव पदका उम्मेदवार सापकोटा

नेपाली लिङ्क अक्टोबर ९, २०२३

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रिय सचिव पदका उम्मेदवार दयानिधि सापकोटा मध्यपूर्व र युरोपेली देशहरुको भ्रमण पुरा गरि आइतबार कर्मभूमि बेलायत फर्किएका छन् ।

डेलिगेट्सहरुसंग प्रत्यक्ष भेटेर उनीहरुका कुरा सुन्न र आफ्ना प्रतिवद्धता प्रस्तुत गर्न सापकोटा भ्रमणमा निस्किएका थिए ।

उनी बहराइन, दुबई, कुवेत, बेल्जियम, फ्रान्स, स्पेन, पोर्चुगल, माल्टा र डेनमार्क हुंदै बेलायत फर्किएका छन् ।

भ्रमणका क्रममा सापकोटाले मतदातासमक्ष आफ्ना ऐक्यबद्धता प्रस्तुत गर्दै उनीहरुबाट सुझाव सल्लाह लिए । नेतृत्व पंक्तिले निर्वाह गर्नुपर्ने जिम्मेवारी र गैरआवासीय नेपालीका अपेक्षा के छन् त्यसबारे पनि सापकोटाले विचारविमर्श गरेका थिए । आफूले भ्रमण गरेका देशका डेलिगेट्सहरुबाट पूर्ण साथ र हौसला पाएको उनले बताए ।

‘चाहना भएर पनि म धेरै साथीहरुसंम पुग्न सकिन । तर तपाईंहरुले हामीप्रति देखाउनुभएको नैतिक र भावनात्मक समर्थन मेरा लागि अमूल्य छ’, उनले भने, ‘मैले भेट्न नसकेका डेलिगेट्स साथीहरुलाई पनि म यही समाचारमार्फत मलाई मत दिएर एकपटक नेतृत्वमा आउन सहयोग गरिदिनु हुन अपिल गर्दछु,’ उनले भने।

सापकोटाले आउंदो शुक्रबार नेपाल पुग्ने योजना बनाएका छन् ।

वर्तमान एनआरएनए युरोप उपसंयोजक सापकोटाले पारदर्शी संगठन, एकताबद्ध एनआरएनए, सबल सचिवालय, जवाफदेही संस्था र गैरआवासीय नेपालीहरुको हकहित, अधिकार प्रवर्धनका लागि विश्वभर रहेका नेपालीहरुबीच भाइचारा, आत्मियता एवं संगठनात्मक एकता जस्ता प्रमुख एजेण्डा अघि सारेका छन् ।

आइसीसी सदस्य हुंदै युरोप उपसंयोजकको जिम्मेवारी सम्हालिसकेका सापकोटा सचिव पदका सशक्त दावेदार मानिएका छन् । उनले विश्वभरका मतदातालाई यसपटक पनि साथ दिन अपिल गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू