शनिबार, साउन १२, २०८१
06:54 | ११:३९

नेप्लिज अलाइन्स एसोसिएसनले दशैं तिहार कार्यक्रम गर्दै

नेपाली लिङ्क अक्टोबर ७, २०२३

लन्डन । नेपालीहरूको महान पर्व बडा दशैं तथा तिहारको अवसर पारेर नेप्लिज अलाइन्स एसोसियसन यूकेले दशैँ तिहार कार्यक्रम गर्ने भएको छ ।

यही अक्टुबर १४ तारिख लन्डनस्थित फेल्थम एसेम्बली हलमा सांझ ५ बजेबाट सुरु हुने कार्यक्रममा स्थानीय मेयर, लिडर अफ काउन्सिल, एमपीलगायत स्वदेशी तथा विदेशीहरुकोसमेत सहभागिता रहने आयोजकमध्येका पूर्व मेयर तथा काउन्सिलर विष्णु गुरुङले जानकारी दिए  ।

नेपालको राष्ट्रिय चाड दशैँ तिहारलाई विदेशमा बस्ने नेपाली र विदेशीलाईसमेत जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गुरुङले बताए ।

‘दशैँ राष्ट्रिय चाड भएको र विशेषगरी राष्ट्रियता झल्काउने र आफ्नो  रितिरिवाज र परम्परालाई भावी पुस्ता तथा विदेशीमाझ अन्तरघुलन गराएर नेपाली संस्कृतिको जगेर्ना गर्ने आफूहरु लागिपरेको उनले बताए ।

नेपाली समुदायबीचमा मात्र नभएर विदेशीहरुलाई पनि हाम्रा राष्ट्रिय र मौलिक चाडबारे जानकारी गराउनुपर्ने उनको धारणा छ ।

कार्यक्रममा विभिन्न किसिमका संस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ । कलाकार सानु वाइबाले विशेष प्रस्तुति दिनेछिन् भने सपन इन्टरटेनमेन्टसका सपन राईले सांगीतिक संयोजनसहित मनोरन्जन प्रदान गर्नेछन् । सबु सेन्चुरीको ग्रुपले पनि नृत्य प्रस्तुत गर्नेछ ।

नेपाली संस्कृति र परम्परालाई निरन्तरता दिन र राष्ट्रिय चाड दशैं तिहारको शुभकामना आदानप्रदान गर्न सबैलाई उपस्थित हुन आयोजकले आग्रह गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू