सोमबार, वैशाख १७, २०८१
12:26 | १७:११

दोहोरी च्याम्पियन गायक पराजुली लन्डनमा

नेपाली लिङ्क अक्टोबर ४, २०२३

लन्डन- लोक दोहोरी गायक प्रकाश पराजुली लन्डन आइपुगेका छन् । रियालिटी शो ‘दोहोरी च्याम्पियन’ विजेता पराजुली पहिलोपटक लन्डन आएका हुन् ।

पहिला नै लन्डन आउने तयारी भएपनि अन्य व्यस्तताले आउन ढिलाई भएको उनले बताए । छोटो बेलायत बसाइमा उनले यहाँस्थित नेपालीहरुसँग भेटघाट गर्ने चाहना रहेको बताए ।

जापान दुबईलगायत मुलुकको भ्रमण गरिसकेका पराजुली पहिलोपटक लन्डन आउन पाउँदा दंग छन् ।

पराजुलीको नेपाली लोक दोहोरी क्षेत्रमा छुट्टै अस्तित्व छ । उनले नेपालका दुई सय बढी दोहोरी प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।

वि.स. २०७१ सालदेखि लोकगीत क्षेत्रमा प्रवेश गरेका गायक पराजुलीले सानैदेखि गायनमा चासो राख्ने गर्दथे । पीर नगर मञ्जरी, खैत हाँसेको, हो र हो, सरर भागौंला, सललल जाउ मायाँ खोली तरेर, जानी भए जाउँ केरे लगायतका थुप्रै गीत लोकप्रिय छन् ।

पीर नगर मञ्जरी बोलको गीतमा राजेश हमाल, प्रकाश सपुत र वर्षा सिवाकोटीले अभिनय गरेका थिए, जुन गीत निकै लोकप्रिय छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू