शनिबार, साउन १२, २०८१
06:01 | १०:४६

सचिव पदका उम्मेदवार दयानिधि ५ एजेण्डासहित अभियानमा

नेपाली लिङ्क सेप्टेम्बर २८, २०२३

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा केन्द्रिय सचिव पदका उम्मेदवार दयानिधि सापकोटा आफ्ना ५ प्रमुख एजेण्डा अगाडि सारेर चुनावी अभियानमा लागेका छन् । 

हाल एनआरएनए युरोप उपसंयोजक रहेका सापकोटाले पारदर्शी संगठन, एकताबद्ध एनआरएनए, सबल सचिवालय, जवाफदेही संस्था र गैर आवासीय नेपालीहरुको हकहित, अधिकार र प्रवर्धनका लागि विश्वभर रहेका नेपालीहरुबीच भाइचारा, आत्मियता एवं संगठनात्मक एकताको लागि सचिव पदमा उम्मेदवारी दिने निधो गरेको जनाए । 

अहिले एनआरएनए अग्रज र डेलिगेट्ससंग निकट रहेर काम गरिरहेका सापकोटा चुनावी अभियानकै क्रममा बिहीबार बहराइन पुग्ने कार्यक्रम छ । त्यहांबाट युरोप भ्रमण गरि अक्टोबर पहिलो साता नेपाल पुग्ने योजना सापकोटाले बनाएका छन् । 

आइसीसी सदस्य हुंदै युरोप उपसंयोजकको जिम्मेवारीबाट खारिइसकेका सालिन र स्पष्ट वक्ता सापकोटाले विश्वभरका मतदाताहरुमा यसपटक पनि साथ सहयोग गर्न अपिल गरेका छन् । 

को हुन् सापकोटा ?

बाग्लुङ जिल्लाको काठेखोला गाउपालिका बिहुँकोट ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट जन्मिएका हुन्  दयानिधि ।

स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट बीकम अध्ययन गर्दै गर्दा सन् १९९३ मा जर्मनी पुगे उनी । 

अध्ययनका क्रममा जर्मनी गएका सापकोटाले त्यहां युरोपेली रहनसहन, भाषा, खाना र जीवनशैलीमात्र अनुभव गरेनन्, इटालियन सेफ हुंदै २८ वर्षकै उमेरमा जर्मनीमा पहिलो रेष्टुरेन्ट खोले । उनको ५ विभिन्न भाषामा दख्खल छ ।  

करिब १५ वर्ष जर्मनीमा बिताएपछि उनी सन् २००६ मा बेलायत आइपुगेका थिए । सापकोटा अहिले यहाँ रेस्टुरेन्ट व्यवसायमा संलग्न छन् । उनी सफल व्यवसायी मात्र होइन, सामाजिक सेवाको क्षेत्रमा पनि अब्बल मानिन्छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू