बिहीबार, कार्तिक ८, २०८१
17:58 | २२:४३

राष्ट्र राईको निधनमा जनसम्पर्क समिति यूकेले तीन दिन शोक मनाउने

नेपाली लिङ्क सेप्टेम्बर २३, २०२३

लन्डन- नेपाली जनसम्पर्क समिति बेलायतले आफ्ना सल्लाहकार राष्ट्रकुमार राईको निधनमा दु:ख व्यक्त गरेको छ।  

सभापति युवराज गुरुङले शनिबार एक वक्तव्य जारी गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका पूर्व उपाध्यक्ष समेत रहेका राईको निधनमा दु:ख व्यक्त गरेका हुन्।

सल्लाहकार राईको निधनमा शोक मनाउन समिति तथा क्षेत्रीय समितिहरु समेतले तीन दिन बेलायतमा कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको जनाइएको छ । 

‘लामो समयदेखि उहाँले नेपाली लोकतान्त्रिक आन्दोलनमा पुरयाउनु भएको योगदानको कदर गर्दै उहाँको सम्मानमा तीन दिनसम्म नेपाली जनसम्पर्क समिति तथा जनसम्पर्क समितिका क्षेत्रीय समितिहरुले बेलायतमा कुनै पनि औपचारिक कार्यक्रमको आयोजना नगर्ने निर्णय गरेको छ’, सभापति गुरुङको वक्तव्यमा उल्लेख छ।

स्वर्गीय राईको मृत आत्माको चिर शान्तिको कामना गर्दै समितिले शोकाकुल परिवारजनमा समवेदना पनि प्रकट गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू